पहिलो पटक जापानी इलेक्ट्रिक कार ६० लाख मूल्य सहित नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं – निसानले नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिमार्फत सुरक्षित र दिगो भविष्यको प्रत्याभूति सहित नेपाली बजारमा विद्युतीय सवारी साधन लिफ ईभी उपलब्ध गराएको छ । शून्य उत्सर्जन अर्थात जिरो इमिसन विशेषता भएको निसान लिफ इलेक्ट्रिक कार निसानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन हो । यो नेपालमा जापानबाट आयात हुने पहिलो विद्युतीय सवारी साधन हो ।

समाजमा सवारी साधन प्रयोग गर्ने ट्रेन्डमा परिवर्तन ल्याउनुका साथै शक्तिशाली र सजिलो सवारी साधन उपभोक्ता समक्ष पु¥याउने उद्देश्य निर्माता कम्पनीको भएको बताइएको छ । यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

निसान मोटर इंडियाका अध्यक्ष सिनान ओजकोकका अनुसार विद्युतीय सवारी साधनको सेगमेन्टको लागि नयाँ अध्याय अंकित गर्दै निसानले नेपालमा दोश्रो जेनेरेसनको निसान लिफ सार्वजनिक गरेको हो । उनले भनेका छन्, ‘निसानको निसान इन्टेलिजेन्ट मोबिलिटी अन्तर्गत हाम्रा ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरणमैत्री र सुरक्षित अनुभवको लाभ लिन सक्नुहुनेछ । दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई कायम गर्दै हाम्रा ग्राहकहरु प्रतिको आत्मविश्वास र उत्साहजनक जीवनलाई पनि निरन्तरता दिनेछौं ।’

लिफ इलेक्ट्रिक भेइकलको विशेषताबारे चर्चा गर्दै पायोनियर मोटोकर्प प्रालिका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदा भन्छन् ‘अब विश्वको र हाम्रो भविष्य नै इलेक्ट्रिक भेइकल हो । शून्य प्रदूषण सहितको उपयुक्त प्रविधिमा आधारित यो सवारी साधन चालकदेखि यात्रुका लागि समेत सुविधा सम्पन्न र आरामदायी छ ।’ निसान लिफ ईभीले आफ्ना ग्राहकहरुलाई सुरक्षित, स्मार्ट र सुविधा सम्पन्न यात्रा गर्न थप सहजिकरण गर्ने पनि उनले बताए ।

निसान लिफको इन्टेलिजेन्ट पावर अन्तर्गत यसमा ४० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् । घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ स्टेसनबाट ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

इन्टेलिजेन्ट ड्राइभिङ अन्तर्गत निसान लिफको ई–पेडललाई चालकहरुले एकदमै रुचाएका छन् । यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिन्छ ।

निसान लिफ ११ वटा विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ जसमा ६ वटा सिंगल टोन कलर रहेको छ भने ५ वटा डुअल–टोन कलर रहेको छ । निसान लिफ ईभीबाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममा समेत पठाउन सकिन्छ ।

निसान लिफको ब्याट्रीमा कम्पनीले ८ वर्ष अथवा १ लाख ६० हजार किलोमिटर (जुन पहिला आउँछ) सम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

निसानले विद्युतीकरणमा १८ अर्ब डलर लगानी गर्ने,  २३ हाइब्रिड र १५ विद्युतीय कार विकास गर्ने

निसानले विद्युतीकरणमा १८ अर्ब डलर लगानी गर्ने, २३ हाइब्रिड र १५ विद्युतीय कार विकास गर्ने

निसानले अर्बौँ लागतको विद्युतीयकरण योजना अघि सारेको छ । एक दशकअघि...

भारतीय बजेटको नेपाल प्रभाव : भारतीय ईभी अझै कम मूल्यमा उपलब्ध हुन सक्ने

भारतीय बजेटको नेपाल प्रभाव : भारतीय ईभी अझै कम मूल्यमा उपलब्ध हुन सक्ने

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले हालै सार्वजनिक गरेकी आर्थिक वर्ष...

साझा यातायातले २५ इलेक्ट्रिक माइक्रोबस र ५ इलेक्ट्रिक स्कुटर किन्दै, टेन्डर आह्वान

साझा यातायातले २५ इलेक्ट्रिक माइक्रोबस र ५ इलेक्ट्रिक स्कुटर किन्दै, टेन्डर आह्वान

काठमाडौं – साझा यातायातले अब इलेक्ट्रिक माइक्रोबस समेत चलाउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...