भारतमा आयो ४७० किमी रेन्ज दिने ज्यागुअरको पहिलो इलेक्ट्रिक कार आई–पेस

लक्जरी कार निर्माता कम्पनी ज्यागुअरले भारतमा पहिलो इलेक्ट्रिक कार आई–पेस लन्च गरेको छ । आकर्षक लुक र दमदार ड्राइभिङ रेन्ज भएको सो कार ३ भेरिएन्ट एस, एसई र एचएसईमा उपलब्ध रहेको छ । सो कारको एस भेरिएन्टको मूल्य १ करोड ६ लाख भारु तोकिएको छ । साथै उक्त इलेक्ट्रिक कारको एसई भेरिएन्टको मूूल्य १ करोड ८ लाख भारु र एचएसई भेरिएन्टको मूल्य १ करोड १२ लाख भारु तोकिएको छ । सो कार कम्पनीको वेबसाइटमार्फत बुक गर्न सकिन्छ । ज्यागुअरको सो इलेक्ट्रिक कार खरिद गर्दा ५ वर्षको सर्भिस प्याकेज, ५ वर्षको रोड साइड असिस्टेन्स प्याकेज, ७.४ केडब्ल्युको एसी वाल माउन्टेड चार्जर र ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ । सो कारले भारतमा मर्सिडिज बेन्ज ईक्युसी ४००को साथै नयाँ लन्च हुन लागेको औडी ई–ट्रोन एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ । ज्यागुअर आई–पेस इलेक्ट्रिक एसयूभीमा दुई म्यागनेट सिन्क्रोनस इलेक्ट्रिक मोटर्स र ९० केडब्ल्युएचको ब्याट्री प्याकको विकल्प समावेश गरिएको छ । सो एसयूभीको इलेक्ट्रिक पावरट्रेनले ३९४ बीएचपीको पावर र ६९६ एनएमको टर्क जेनेरेट गर्छ । यसको ड्राइभिङ रेन्ज करिब ४७० किलोमिटर भएको जानकारी दिइएको छ । सो इलेक्ट्रिक एसयूभीले ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिन ४.८ सेकेन्डको समय लाग्छ । आई–पेसमा ७ केडब्ल्यु एसी अन बोर्ड चार्जर उपलब्ध रहेको छ । यसको ब्याट्री फुल चार्ज हुनको लागि १४ घन्टाको समय लाग्छ । साथै सो कारमा होम चार्जिङ केबलको पनि विकल्प समावेश गरिएको छ । आई–पेस कार २५ केडब्ल्युएच डिसी चार्जरको माध्यमले ४ घन्टा र ५०केडब्ल्युएच डिसी चार्जको माध्यमले २ घन्टामा चार्ज गर्न सकिन्छ । ज्यागुअर आई–पेस ३ ट्रिम एस, एसई र एचएसईमा पेश गरिएको छ । जसको डिजाइनमा हेडलाइट पावर वास, फ्लस एक्सटर्नल डोर ह्यान्डल, टेलगेट स्पोइलर, फिक्स्ड प्यानोरमिक रुफ, १९ इन्चको ५ स्प्लिट स्पोक ड्युअल टोन अलोय ह्वील समावेश रहेको छ । सो कारको टप ट्रिममा हिटेड, इलेक्ट्रिक, पावर होल्ड, मेमोरी डोर मिरर, सिग्नेचर डीआरएलको साथमा म्याट्रिक्स एलईडी हेडलाइट, एनिमेटेड टर्न इन्डिकेटर्स र वैकल्पिक फ्रन्ट फग लाइट समावेश रहेको छ । सो कारमा ८ तरिकाबाट गर्न सकिने एडजेस्टेबल फ्रन्ट सिट, १६ तरिकाले गर्न सकिने हिटेड र कुल्ड इलेक्ट्रिक ड्राइभर र प्यासेन्जर मेमोरी फ्रन्ट सिटको साथै २ तरिकाको म्यानुअल हेडरेस्ट्स, पावर जेस्चर टेलगेटको साथमा २ जोन क्लाइमेट कन्ट्रोल, प्रो डओ, मेरिडियन थ्रीडी सराउन्ड साउन्ड सिस्टम, पिवी प्रो र एन्ड्रोइड अटो तथा एपल कारप्ले जस्ता फिचर रहेको छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...