प्रिमियम ईभी एक्सपेङ जी६ अब १४ लाख ९९ हजारमा लिन सकिने, ६.५५ प्रतिशत ब्याजदर
काठमाडौं – अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्सपेङको नेपालका लागि आधिकारिक...
काठमाडौं – नेपालमा ओमोडा तथा जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेको जेसिक्स (जे६) को विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ । ओमोडा एन्ड जेइको नेपालका कन्ट्री डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भयो भने अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथिहरू, मिडिया तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
नेपाली बजारमा इलेक्ट्रिक एसयूभी ओमोडा ईफाइभले सफलता पाएपछि एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो सो इलेक्ट्रिक अफरोडर एसयूभी नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो । ईभी तथा गाडी पारखीमाझ सो एसयूभीले छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको कम्पनीको भनाइ छ ।
हालसालै धुलिखेलस्थित डर्ट टेम्पल अफरोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेको जेसिक्सले आफूलाई एक उत्कृष्ट अफरोडर इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित र प्रमाणित गरेको छ । यसको २०० एमएमको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफरोडमा उत्कृष्ट प्रदर्शन गर्छ र चालकलाई बलियो आत्मविश्वास र सुरक्षाको अनुभूति दिलाउँछ ।
जेको जेसिक्सले उत्कृष्ट रगेड डिजाइन तथा व्यवहार–उपयोगी विशेषताहरू प्रदान गर्दछ । जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग रहेको छ जुन अन्य एसयूभीहरूमा प्रायः पाइँदैन । जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिन्छ । जेसिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागहरूमा, टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ ।
एक्स्ट्रिम यु–टर्न गर्ने बेलामा गाडीको ‘अल–टरेन् मोड’ एक्टिभेट हुन्छ जसद्वारा टर्निङ रेडियस ५.७ मिटरबाट ४.५ मिटरमा घट्छ । स्लोप, लो–ट्र्याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेट अनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्दछ । साथै स्लो क्रलिङको लागि थ्रोटल र ब्रेकलाई कन्ट्रोल गरी टार्गेट स्पिङ कायम गर्दछ र अफरोडमा भरपर्दो अनुभव प्रदान गर्दछ । साथै जेसिक्सको ‘वाटर वेडिङ’ क्षमता पनि उत्कृष्ट रहेको छ ।
यसको वायर हार्नेस कनेक्टर ‘आईपी ६७’ रेटिङमा प्रमाणित रहेको छ भने ब्याट्री ‘आइपीएक्स एट’ र ‘आइपिएक्स नाइन’ को रेटिङ प्रमाणित रहेको छ । जसले गर्दा ६०० मिलिमिटरको अधिकतम वाटर–वेडिङ डेप्थ प्रदान गर्छ । यही वेडिङ क्षमताले पानी, हिउँ, हिलो, ग्राभल वा जुनसुकै परिस्थितिमा पनि सहज ड्राइभिङ अनुभव कायम गर्दछ ।
यस गाडीको अरू विशेषतामा ‘मोटर–ड्रिभन’ चार्जिङ पोर्ट र सुन्दर डिजाइनको ‘थ्रि–स्पोक’ स्टेयरिङ ह्विल पर्दछ । यसको सेन्टर कन्सोलमा कप होल्डरहरू एडजस्ट गर्न सकिने र फ्लेक्सिबल छन् । साथै, एउटा उत्कृष्ट विशेषतामा वायरलेस फोन चार्जिङ एरिया पर्दछ जसमा मोबाइल डिभाइसलाई तापक्रम ‘कुल’ राख्नका लागि भेन्टिलेसन सिस्टम पनि समावेश गरिएको छ ।
काठमाडौं – अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्सपेङको नेपालका लागि आधिकारिक...
आगामी आर्थिक वर्षको बजेटमा ५१ देखि १०० किलोवाट क्षमतासम्मका इलेक्ट्रिक...
काठमाडौं– डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...