जेइको जे५ ईभीको डेलिभरी सुुरु

काठमाडौं - नेपालका लागि ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले पहिलो जेइको जे५ ईभी गाहकलाई डेलिभरी गरेको छ ।

काठमाडौंको उत्तरढोकास्थित शोरुममा एसपीजी अटोमोबाइल्सका निलन बज्राचार्यले पहिलो गाहकको रुपमा स्मृति आचार्यलाई सो गाडी र चाबी हस्तान्तरण गरे ।

जेइको जे५ र जे६ ईभी हालै कोरला नाका हुँदै नेपाल भित्रिएका हुन् । जेइको जे५ ईभी पहिलो पटक गत महिना सम्पन्न नाइमा मोबिलिटी एक्सपो २०२५ मा प्रदर्शन गरिएको थियो ।

एसपीजी अटोमोबाइल्स प्रालिले दशैं–तिहारको अवसरमा ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु गरेको छ ।

अफर अन्तर्गत जेइको जे५ को मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस अफरमा एक्सचेञ्ज बोनस, ७ किलोवाट क्षमताको वाल चार्जर र १ वर्षको इन्स्योरेन्स पनि समावेश गरिएको छ । सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ यस अफरमा शर्त तथा नियम लागू हुने कम्पनीको भनाई छ ।

जेइको जे५ मा १५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको चार्जमा ४०२ किलोमिटर रेन्ज प्रदान गर्छ ।

सम्बन्धित समाचारहरू

साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

बजारमा हाइब्रिड कारको संख्या पछिल्लो केही वर्षहरुमा बढेको छ । हाइब्रिड...

नाडा अटो शोमा आकर्षणको केन्द्र बन्दै फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्ट

नाडा अटो शोमा आकर्षणको केन्द्र बन्दै फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्ट

काठमाडौं – नेपाली बजारमा फोटोन टुनल्यान्ड जी७ को सफल लन्चपछि यस पटकको नाडा...

बैंकक इन्टरनेसनल मोटर शो : ईभीको माग तीव्र वृद्धि, देखिदै तेल संकटको प्रत्यक्ष असर

बैंकक इन्टरनेसनल मोटर शो : ईभीको माग तीव्र वृद्धि, देखिदै तेल संकटको प्रत्यक्ष असर

बढ्दो इन्धनको मूल्य र सम्भावित तेल संकटको प्रत्यक्ष असर बैंकक इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...