५ दिनपछि लन्च हुँदै नयाँ एट्टो१ : साइज, पावरट्रेन र फिचरमा ब्यापक परिवर्तन
बीवाईडीको दोस्रो पुस्ताको लोकप्रिय विद्युतीय कार एट्टो१(चिनियाँ बजारमा...
चिनियाँ अटो निर्माता जीएसीले हालै सम्पन्न सांघाई मोटर शोमा आफ्नो नयाँ पिकअप ०१ को कन्सेप्ट सार्बजनिक गर्यो । टेस्ला साइबरट्रकको प्रतिस्पर्धीका रुपमा आउने बताइएको यस पिकअपलाई कम्पनीले अव भने उत्पादनमा लैजाने भएको छ ।
२०२७ मा बजारमा आउने अपेक्षा गरिएको पिकअप ०१ चिनियाँ बजारमा मात्र सिमित नहुने बताइएको छ । यो अष्ट्रेलिया, साउदी अरव, चिली र मेक्सिको लगायत जीएसीको उपस्थिती रहेको अन्य बजारमा समेत उपलब्ध हुनेछ । चीनमा जीएसीले टोयोटा र होन्डासंग सहकार्य गरी सवारीसाधन उत्पादन गर्दै आएको छ ।
वक्सी र एंगुलर डिजाइनमा तयार हुने यस ईभीमा स्टेनलेस स्टील बडी प्यानलको प्रयोग गरिने भएको छ । जसले यसको लुक्सलाई टेस्ला साइवरट्रकजस्तै देखाउनेछ । फ्ल्याट बोनेटको साथ अगाडिको भाग हम्मर ईभी जस्तै देखिने सो ट्रकले अफ–रोड पर्फमेन्सलाई बढि जोड दिने अपेक्षा गरिएको छ ।
यसमा उच्च ग्राउन्ड क्लियरेन्स, खुला टो हुक र ठूला ह्विलहरु हुनेछन् । विन्डशिल्डको माथि लाइट बारहरू राखिएको हुने भने परम्परागत ओआरभीएको को सट्टा क्यामेराहरू उपलब्ध हुनेछ ।
पिकअप ट्रकमा कस्टम ड्यासबोर्ड स्लाइडरमा माउन्ट गरिएको स्टेयरिङ ह्वील हुनेछ, जसले यसलाई केबिनको दायाँबाट बायाँ छेउमा सार्न अनुमति दिनेछ । जीएसीले पिकअपमा प्रयोग हुने पावरट्रेनहरूको बारेमा विवरणहरू सार्बजनिक गरेको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...