आइफोन जस्तै क्रेज इलेक्ट्रिक कारमा : थाइल्यान्डमा बीवाईडी एट्टो३ का लागि घण्टौ लाइनमा बसे ग्राहक

नेपाली बजारमा केही दिन पहिले लन्च भएको बीवाईडी एट्टो३ इलेक्ट्रिक कारको क्रेज थाइल्यान्डमा निकै नै देखिएको छ । गत मंगलबार अर्थात नोभेम्बर १ देखि बिक्री प्रारम्भ गरिएको सो इलेक्ट्रिक कारको बुकिङ हात पार्न ग्राहकहरु अघिल्लो दिन देखि नै रातभर लाइनमा बसे ।

बैंकक बिज न्युजका अनुसार देशभर ५ सय युनिट मात्र बिक्रीका लागि उपलब्ध भएकाले ग्राहकहरु यसरी सो कार हात पार्न झुम्मिएका हुन् । पनिथान नाम गरेका एक ग्राहक यसैका लागि चियाङ राईदेखि बैंकक सम्म हवाई यात्रामार्फत आइपुगे । उनी बैंककको बीवाईडी शोरुममा पुगे । त्यहाँ पहिलो ग्राहकको रुपमा एक जना महिला बेलुकी ८ बजे नै पुगेकी थिइन् । १० बजे देखि अर्को दोस्रो व्यक्ति आए । त्यसपछि लाइन शुरु भयो र विहान ४ बजे सम्म ३० जना ग्राहक लाइनमा बसिसकेका थिए ।

थाइल्यान्डमा कुनै बीवाईडी शोरुममा रातमै १०० भन्दा बढी ग्राहक लाइनमा बसिसकेका थिए । हेडलाइट म्यागजिनका अनुसार ५ हजार मध्ये पहिलो दिन नै २ हजार ५०७ युनिट बुकिङ भएका थिए ।

आइफोन किन्नका लागि रातभर ग्राहक लाइन लागेको समाचार सार्वजनिक हुँदै आएका छन् । तर गाडी नै किन्नका लागि यसरी रातभर लाइन लागेको भने यो पहिलो पटक भएको बताइएको छ ।

थाइल्यान्डमा बीवाईडी एट्टो३ को मूल्य ११ लाख ९९ हजार ९ सय थाइ भाट मूल्य तोकिएको छ । नेपाली बजारमा उपलब्ध भएकै क्षमताको सो इलेक्ट्रिक कारमा ६०.४८ किलोवाट आवर क्षमता र ४२० किलोमिटर रेन्ज दिने ब्याट्री प्याक उपलब्ध छ । यसमा भएको इलेक्ट्रिक मोटरले २०४ पीएस पावर र ३१० एनएम टर्क जेनेरेट गर्छ ।

नेपालमा ८९ लाख ९० हजार मूल्यका साथ सो गाडी बिक्री भइरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...