थपलिया भन्छन् – क्रेटा ईभीका लागि आवश्यक सम्पूर्ण फाउन्डेसन तयार छ (भिडियो सहित)

नेपाली बजारमा हुन्डाई क्रेटा ईभी औपचारिक रुपमा भित्र्याउने अन्तिम तयारी भइरहेको छ । भारतमा सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा प्रदर्शन भए पश्चात भारतमा लन्च भइसके पश्चात सो ईभी नेपाली बजारमा समेत भित्रिने भएकाले धेरैका लागि क्रेटा ईभी चासो बनेको छ ।

यो अवस्थामा हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले कस्तो तयारी गरिरहेको छ ? ग्राहकले कस्तो उत्सुकता जनाइरहेका छन् ? भन्ने सन्दर्भमा हामीले लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एन्ड अपरेसन जनरल म्यानेजर दीपक थपलियासँग छोटो कुराकानी गरेका छौ ।

कुनै पनि सवारी साधनको कुरा गर्दा यसको समग्र पक्षलाई हेर्नु आवश्यक हुन्छ । नेपालमा गाडी किन्नु भनेको एउटा ठूलो इन्भेस्टमेन्ट हो । यसलाई स्टाटस सिम्बलको रुपमा पनि लिइन्छ । घर, गाडी सबैको सपना हुन्छ । यसकारण पनि गाडी बेच्नु भनेको मोबिलिटी सोलुुसन बेचेको मान्न सकिन्छ । यससँग इमोसन पनि जोडिएको हुन्छ । कसैले पनि गाडी किन्दा सबै परिवारका साथमा मोबिलिटी सोलुसन उपलब्ध गराउने चाहना राखेको हुन्छ ।

आफ्नो निजी सवारी साधन किनिसके पछि यसको वारेमा बिक्री गर्ने कम्पनीले पनि चासो राखोस् भन्ने चाहना सबैको हुन्छ । यसकारण पनि बिक्री पछिको सेवा उपलब्ध गराउनका लागि कम्पनीको फाउन्डेसन कति भरपर्दो छ भन्ने कुरामा धेरै ग्राहकले ध्यान दिएका हुन्छन् ।

जनरल म्यानेजर दीपक थपलिया चाहिं यो कुरामा हुन्डाई नेपाल निकै नै सचेत भएको दावी गर्छन् । उनी भन्छन्, ‘हुन्डाई नेपालले ईभी लगायतका सवारी साधन नेपालमा लामो समय देखि बिक्री गरिरहेको हुनाले यो कुरामा सचेत छ र यसमा एकदमै सिरियस छ ।’

कुनै पनि सवारी साधन किन्नु भन्दा पहिले ग्राहकले जहिले पनि आयातकर्ता कम्पनी र ब्रान्डको वारेमा धारणा बनाउने गर्छन् । यसको लागि कम्पनीले गर्ने आवश्यक तयारीको कार्यलाई उनले घर निर्माणसँग तुलना गर्छन् । कुनै पनि घर राम्रो मात्र भएर हुँदैन, सो घर हेर्दा राम्रो भए पनि यसको जग देखि फिनिसिङ सम्मका सबै कुरामा ध्यान दिनुपर्छ । भविष्यमा कुनै समस्या नआओस् भनेर त्यसै अनुसारको फाउन्डेसन बनाउने कुरामा ध्यान दिनु पर्छ । यस्तै कुरालाई मनन गरी हुन्डाई नेपालले पनि फाउन्डेसन बलियो बनाएको उनको धारणा छ ।

यसका लागि हुन्डाई नेपालले थ्री पिलर अर्थात हार्डवेयर, सफ्टवेयर र पिपलवेरलाई बलियो बनाएको उनको भनाइ छ । यद्यपि क्रेटा ईभीको चर्चा अहिले अलि बढी नै भएको र यसका लागि गरिने आवश्यक तयारी सबै भइरहेको उनले बताए । देशभर विभिन्न चार्जिङ स्टेसन र चार्ज सप निर्माण भइरहेको र आवश्यक अन्य प्राविधिक कार्य समेत भइरहेको उनको भनाइ छ ।

नेपालमा पहिलो पटक सन् २०१८ मा ईभी भित्र्याउदा मानिसहरुमा पनि चासो धेरै थियो । तर अहिले धेरैले चार्जिङ र ब्याट्री लगायतका फिचरका वारेमा जानकारी राख्ने विकल्प धेरै भएकाले सहज भएको छ । ग्राहक पनि सचेत भएका छन् । यसकारण पनि कम्पनीले औपचारिक रुपमा धेरै जानकारी दिनुपर्ने आवश्यकता छैन । तर पनि क्रेटा ईभीको वारेमा चासो राख्ने र यसका लागि बरु केही समय पर्खिन तयार भएका ग्राहकहरुको चासो बढिरहेको थपलिया दावी गर्छन् ।

हुन्डाई क्रेटा पहिले देखि नै नेपाली बजारमा लोकप्रिय रहेको र यसको पार्ट्स पनि नेपालमा पाउन सहज हुने भएकाले समेत धेरैको चासो यसमा बढेको उनको तर्क छ । नेपालभर भएका लक्ष्मी हुन्डाईको नेटवर्क र अन्य पक्षले समेत यसमा काम गरेको हुन सक्ने उनले बताए ।

नेपालमा बढिरहेको ईभी प्रयोग राम्रो भए पनि यसमा अलि नियमन हुनु पर्ने आवश्यकता उनले औल्याए । चीन जस्तो ठूलो देशमा बिक्री हुने जति नै ब्रान्ड नेपालमा पनि पुग्ने अवस्था बनेको छ । यसकारण सरकारले नीतिगत रुपमा ग्राहकको हितलाई समेत ध्यान दिएर आवश्यक व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । नीतिगत कुरालाई अलि तर्कसंगत तरिकाले व्यवस्थापन गर्नुपर्ने आवश्यकता भएको उनले औल्याए ।

भारतमा क्रेटा ईभीप्रतिको क्रेज बढ्दो छ । गाडी पाउनकै लागि केही समय पर्खिनु पर्ने अवस्था पनि हुन सक्छ । तर नेपाली बजारका लागि भने कम्पनीले नै फरक तरिकाले योजना बनाउने गरेको र ईभी सप्लाई माग बमोजिम गर्ने भएकाले भविष्यमा खोजेकै समयमा गाडी पाउन सकिने कुरामा विश्वस्त हुन समेत जनरल म्यानेजर थपलियाको आग्रह छ ।

सम्बन्धित समाचारहरू

बजेटपछि यी इलेक्ट्रिक कारमा भयो मूल्य समायोजन, टाटा नेक्सनको कहिले ?

बजेटपछि यी इलेक्ट्रिक कारमा भयो मूल्य समायोजन, टाटा नेक्सनको कहिले ?

आगामी आर्थिक वर्षको बजेटमा ५१ देखि १०० किलोवाट क्षमतासम्मका इलेक्ट्रिक...

हुन्डाई गाडी किन्दा ५ लाखसम्म नगद छुट, यस्तो छ अन्य सुबिधा

हुन्डाई गाडी किन्दा ५ लाखसम्म नगद छुट, यस्तो छ अन्य सुबिधा

काठमाडौँ–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

नेपाली बजारमा भित्रियो दुहानको थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर, विभिन्न ४ मोडल उपलब्ध

नेपाली बजारमा भित्रियो दुहानको थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर, विभिन्न ४ मोडल उपलब्ध

नेपाली बजारमा चीनको विश्व प्रसिद्ध थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...