सुरक्षित हेलमेट सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र संचारिका समूहको नवनिर्वाचित कार्यसमितिको संयुक्त आयोजनामा सुरक्षित हेलमेट सम्बन्धी अन्तरक्रिया हिजो काठमाडौंमा सम्पन्न भयो ।

देशमा दैनिक रुपमा सवारी दुर्घटना बढिरहेको परिप्रेक्ष्यमा सो कार्यक्रममा संचारिका समूहको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु सहित ३० जना संचारकर्मिहरुको उपस्थिति रहेको बताइएको छ । समूहका पदाधिकारीहरुले सडक सुरक्षा अभियानमा आफ्नो प्रतिवद्दता समेत जनाए ।

कार्यक्रममा नासा नेपालका प्रमुख सल्लाहकार गोविन्द भट्टराईले संचारिका समूहका नव–निर्वाचित टिमलाई वधाई दिँदै नेपालमा टु ह्विल सेफ्टी वारेको प्रस्तुतिकरण गरे । त्यसैगरि समूहकी अध्यक्ष विमला तुम्खेवाले संचारकर्मी संचारिका समूह तथा नेपालको सेफर मोविलीटीका बारेमा आफ्नो धारणा राखेकी थिइन् भने समूहकी महासचिव बसन्ती बास्तोलाले सो कार्यक्रमको समन्वय गरेकी थिइन् ।

नासा नेपाल, एफआईए र ग्लोवल एलायन्स जस्ता सघंसंस्थाहरु राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रको सडक सुरक्षाको क्षेत्रमा सक्रिय भैरहेको अवस्थामा अब नेपाली संचारकर्मी समेत सक्रिय रहने प्रतिवद्दता समेत व्यक्त गरिएको उक्त कार्यक्रममा सेफ्टी हेल्मेटको डेमो प्रस्तुति र वितरण समेत गरिएको थियो ।

कार्यक्रममा एफआईए सेफ एन्ड अफोर्डेबल हेल्मेट अभियान, हेल्मेटको गुणस्तर र पछाडि बस्नेको लागि हेल्मेटको आवश्यकता बारे प्रस्तुति गरिएको थियो । सो कार्यक्रममा नासा नेपालका सचिव तथा सञ्चारिका समूहकी उपाध्यक्ष लगायतको समेत सहभागिता रहेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...