इन्फोटेनमेन्ट सिष्टम ड्राइभिङका लागि उपयोगी छ वा छैन ? यस्तो निस्क्यो सर्वेक्षणको निष्कर्ष

लामो दुरीको यात्रा, ट्राफिक जाम र कच्ची सडकमा यात्रा गर्दा विभिन्न समस्या आउन सक्छ । ड्राइभिङ गर्दा विशेषगरी सडकमा ध्यान हुनु जरुरी छ । हाल उपलब्ध अधिकांश नयाँ कारमा कम्पनीले इन्फोटेनमेन्ट सिस्टम समावेश गरेको हुन्छ, जसले नेभिगेसन, रियर क्यामेरा भ्यू र मनोरन्जनको सम्पूर्ण आवश्यकता पुरा गरेको हुन्छ । तर एक सर्वेक्षण अनुसार इन्फोटेनमेन्ट सिस्टमको कारणले ड्राइभर मनोरन्जनमा बढी ध्यान दिने र ड्राइभिङमा कम ध्यान दिने गरेको पाइएको छ ।

अटोमोबाइल सेक्टरमा इन्फोटेनमेन्ट मार्केट बढी फैलिएको छ । जसमा प्रि–अर्डरको माध्यमले सपिङ सेवाको लाभ उठाउन सकिन्छ । साथै कारमा बसी डिनरको लागि पनि प्रि अर्डर गर्न सकिन्छ । सो सिस्टममा कैयौं भर्चुअल गेमको सुविधा पनि उपलब्ध रहेको छ । ब्रिटिश चालकमा सो सिस्टमको बारेमा एक सर्वेक्षण गरिएको थियो । जसले अनौठो आँकडा निस्केको थियो ।

एक हजार चालकमा गरेको सर्वेमा यात्राको समयमा इन्फोटेनमेन्ट सिस्टम कति सहयोगी छ भन्ने प्रश्न सोधिएको थियो । सो प्रश्नमा १० मा ६ जनाले सो सिस्टममा विश्वास गर्ने योग्ग नरहेको उत्तर दिएका थिए ।

इन्फोटेनमेन्ट सिस्टमले कहिलेकाही काम गरेको हुँदैन । सर्वेमा ३ जनामा १ जनाले सो सिस्टम फेल भएको स्विकार गरेका छन् । यसमा भ्वाइस रिकग्निसन, एन्ड्रोइड अटो÷एप्पल कार्डप्ले कनेक्टिभिटी, टचस्क्रिन, नेभिगेसन सिस्टम, ब्लुटुथ कनेक्टिभिटीमा समस्या आइरहेको हुन्छ ।

रोड सेफ्टी ब्रेकका अनुसार ४९ प्रतिशत चालकलाई इन्फोटेनमेन्ट सिस्टमले ध्यान विचलित बनाएको हुन्छ र ६३ प्रतिशत चालकले यसलाई प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।

सो सर्वेमा ४ जनामा १ जनाले यसमा भएको सिस्टममा एआर सेट नव्सले ध्यान विचलित बनाएको मानेका छन् । ३७ प्रतिशत ब्रिटिश चालकका अनुसार ड्यासबोर्डमा ट्राफिक अलर्ट सबैभन्दा बढी उपयोगी भएको मानेका छन् भने १९ प्रतिशतले एआर सेट नव्स फिचर उपयोगी भएको मानेका छन् ।

सर्वेका अनुसार ब्रिटिश चालकले ड्यासबोर्डमा भ्वाइस सिस्टम भएको मन पराउँदैनन् । यसमा १६ प्रतिशतले मात्र सही मानेका छन् । यसमा ३८ प्रतिशत चालकले बटनको प्रयोग र ४६ प्रतिशतले टचस्क्रिनको प्रयोग गर्ने गरेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...