कारमा हुने उपयोगी बटन, जसको बारेमा धेरैलाई जानकारी छैन

जाडो मौसम सकिन लागेको छ र गर्मीका दिनहरु आउन थालेका छन् । गर्मीमा तापक्रमका कारण कार बाहिर पार्क गर्दा कार छिट्टै तात्न थाल्छ । यस्तो अवस्थामा एसी अन गरेपछि पनि कार चिसो हुन केही समय लाग्छ । तर, कारमा हुने एयर रिसर्कुलेशन बटनलाई एसीको साथ खोल्दा छिटो चिसो हुन मद्दत गर्छ ।

कारमा रहेको एयर रिसर्कुलेशन बटनलाई बाहिरको हावा खिच्नुको सट्टा क्याबिन भित्रको हावा पुनः परिक्रमा गर्न डिजाइन गरिएको हुन्छ । यद्यपि यसले हावालाई सीधै चिसो पार्न सक्दैन, तर केही कारणले गर्दा यसले गर्मीमा कारलाई छिटो चिसो बनाउन मद्दत गर्छ ।

क्याबिनको हावा सामान्यतया गर्मीका दिनमा बाहिरको हावा भन्दा चिसो हुने हुँदा रिसर्कुलेशन मोड एक्टिभ गर्दा यसले बाहिरको चिसो हावा नतानी क्याबिन भित्र पहिले नै अवस्थित चिसो हावा प्रयोग गर्छ । यस्तो अवस्थामा एयर कन्डिसनिङ सिस्टमले हावालाई चिसो बनाउन धेरै मेहनत गर्नुपर्दैन ।

ट्राफिकमा वा कार पार्क गर्दा रिसर्कुलेशन एयरको प्रयोगले कार भित्र थप सहज तापक्रम कायम राख्न मद्दत गर्छ । किनभने यसले घाममा पार्क गर्दा कारको भित्री भाग धेरै तातो हुन सक्छ र हावा रिसर्कुलेशन गर्दा बाहिरबाट थप तातो हावा भित्र आउन दिंदैन ।

रिसर्कुलेशन मोडले कारलाई छिटो चिसो बनाउन मद्दत त गर्न सक्छ तर यसको प्रयोग दीर्घकालीन रुपमा प्रयोग गर्न भने उपयुक्त हुँदैन । किनभने बाहिरको ताजा हावा बिना लामो समयसम्म रिसर्कुलेशन मोड प्रयोग गर्दा क्याबिन भित्रको हावाको गुणस्तर घटाउन सक्छ । यसमा ओसिलो र प्रदूषकहरू जम्मा हुन सक्छ । त्यसकारण, राम्रो भेन्टिलेसनको लागि समय समयमा ताजा हावा मोडमा स्विच गर्नुपर्छ ।

सम्बन्धित समाचारहरू

नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) वुढानिलकण्ठ नगर कमिटीको अध्यक्षमा हरि श्रेष्ठ चयन

नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) वुढानिलकण्ठ नगर कमिटीको अध्यक्षमा हरि श्रेष्ठ चयन

नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) वुढानिलकण्ठ नगर कमिटीको चौथो नगर...

नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्ना सदस्यहरुलाई...

श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा सम्पन्न : खड्काको अध्यक्षतामा बन्यो समिति

श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा सम्पन्न : खड्काको अध्यक्षतामा बन्यो समिति

काठमाडौं – ललितपुर जिल्लामा कार्यरत मोटरसाइकल मर्मत कार्यमा संलग्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...