इनड्राइभद्वारा चालकलाई २२ लाख बराबरको इन्धन सहयोग घोषणा

काठमाडौं–विश्वव्यापी मोबिलिटी एण्ड डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै आफ्ना ड्राइभर पार्टनरहरूलाई सहयोग गर्न २२ लाख बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । यस पहलमार्फत कम्पनीले चालकहरूको आर्थिक दबाब कम गर्दै उनीहरूको आम्दानीलाई स्थिर राख्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

बढ्दो सञ्चालन लागतलाई ध्यानमा राख्दै इनड्राइभले २०२६ अप्रिल १५ (वैशाख २, २०८३) देखि लागू हुने गरी २२ लाखको इन्धन सहयोग कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो । यो कार्यक्रममार्फत इन्धन मूल्य वृद्धिबाट प्रभावित चालकहरूको आर्थिक भार कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यस पहलले चालकहरूको आम्दानीमा आएको दबाबलाई न्यूनीकरण गर्नुका साथै यात्रुहरूमा थप आर्थिक भार नपार्दै सेवा निरन्तरता कायम राख्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

यसले बजार अनुकूल र व्यवहारिक समाधानमार्फत चालकहरूको दिगोपन सुदृढ गर्ने तथा किफायती यातायात सेव ानिरन्तर उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

सम्बन्धित समाचारहरू

एमएडब्लू अर्थमुभर्सद्वारा नेपालको इँटा उद्योगसँग सहकार्य

एमएडब्लू अर्थमुभर्सद्वारा नेपालको इँटा उद्योगसँग सहकार्य

काठमाडौं – नेपालमा जेसीबी मेसिनहरूको आधिकारिक वितरक एमएडब्लू...

सेफ्टी ड्राइभिङ र कनेक्टिभिटीका लागि गुगल एन्ड्रोइड अटोमा एआई फिचर समावेश हुने

सेफ्टी ड्राइभिङ र कनेक्टिभिटीका लागि गुगल एन्ड्रोइड अटोमा एआई फिचर समावेश हुने

गुगलले सेफ्टी ड्राइभिङका लागि एन्ड्रोइड अटोमा आर्टिफिसियल इन्टेलिजेन्स...

ड्राइभिङको लागि नर्वे संसारकै सबैभन्दा सुरक्षित, दक्षिण अफ्रिका सबैभन्दा खतरनाक

ड्राइभिङको लागि नर्वे संसारकै सबैभन्दा सुरक्षित, दक्षिण अफ्रिका सबैभन्दा खतरनाक

दक्षिण अफ्रिकालाई विश्वको सबैभन्दा खतरनाक देश घोषित गरिएको छ जहाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...