इनड्राइभको सेफ्टी अवेयरनेस अभियान सार्वजनिक

काठमाडौँ–विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ सुरु गरेको छ ।

यस अभियानले इनड्राइभका प्रमुख सुरक्षा सुविधाहरू—जस्तै भेरीफाईड ड्राईभर प्रोफाईल, रियल–टाइम राइड ट्रयाकिङ, इन–एप (एसओएस) सुविधा, लाइभ राइड सेयरिङ, तथा दुई–तर्फी रेटिङ प्रणालीलाई उजागर गर्दै प्रयोगकर्तालाई हरेक यात्राअघि, यात्राका क्रममा र यात्रापछि सुरक्षित निर्णय लिन सशक्त बनाउने लक्ष्य राखेको छ ।

प्रयोगकर्ताको हातमै नियन्त्रण प्रदान गरेर इनड्राइभले आफ्नो प्लेटफर्ममा विश्वास र उत्तरदायित्वको वातावरण निर्माण गर्दै आएको छ ।

अभियानअन्तर्गत इनड्राइभले डिजिटल सचेतनामूलक सामग्री, अन ग्राउण्ड एक्टिभिसन तथा शैक्षिक सत्रहरू सञ्चालन गर्नेछ, जून यात्रु र चालक साझेदार दुवैका लागि सुरक्षित अभ्यासहरूमा केन्द्रित हुनेछ । विशेषगरी महिला, विद्यार्थी र दैनिक यात्रुहरूलाई लक्षित गर्दै राइड–हेलिङ सेवा प्रयोग गर्दा जिम्मेवार व्यवहारलाई प्रोत्साहित गर्नु यस पहलको मुख्य उद्देश्य हो ।

इनड्राइभको पीयर–टु–पीयर मूल्य निर्धारण मोडेल र सशक्त सुरक्षा संरचनाले नेपालमा बढ्दो मोबिलिटी इकोसिस्टममा यस प्लेटफर्मलाई फरक र विशिष्ट बनाउँदै आएको छ । यस अभियानमार्फत इनड्राइभले सुरक्षित, निष्पक्ष र पारदर्शी राइड–हेलिङ वातावरण निर्माणप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता दोर्होयाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...