इनड्राइभ नेपालले सुरु ग-यो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकलाई सुनौलो अवसर

काठमाडौं - विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ शुरुवात गरेको हो ।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेष रुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्राण्ड प्राइजमा ब्राण्ड न्यु टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

जुन १६ देखि जुन २२, २०२५ सम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा प्रवेश गर्नका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ । जुन २३, २०२५ देखि, इनड्राइभ चालकहरूले विक्ली च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन् ।

प्रत्येक हप्ताको उनीहरूले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । जुन २३ देखि जुलाई १३ सम्मको विक्ली च्यालेन्जेजमा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको लागि मात्र नभई ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब (ट्याक्सी) चालकको लागि टाटा एक्सप्रेस–टी ईभी र बाइक राइडरको लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ ।

क्याम्पेन तीन हप्तासम्म आयोजना हुनेगरि डिजाइन गरिएको छ । प्रत्येक हप्ता विजेताको घोषणा गरिने र जुलाई १७, २०२५ मा ग्राण्ड विनरको घोषणा गरिनेछ ।

पुरस्कारहरूः
टाटा एक्सप्रेस–टी ईभी (क्याब श्रेणीको ग्रान्ड प्राइज)
टीभीएस रेइडर मोटरसाइकल (बाइक श्रेणीको ग्रान्ड प्राइज)
स्मार्टफोनः १५ वटा
स्मार्टवाचः ३० वटा
इयरबड्सः ३० वटा

साप्ताहिक पुरस्कार (५ स्मार्टफोन, १० स्मार्टवाच, १० इयरबड)
ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस मेन्टेन गर्नुपर्नेछ । कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराइनेछ ।

क्याम्पेन तालिकाः
जुन १६ः क्याम्पेन घोषणा
जुन २३ – जुलाई १३ विक्ली च्यालेन्जेज
जुलाई १७ः ग्राण्ड प्राइज विजेताको घोषणा

रिजिनल ड्राईभर ओपरेसन टिम लिडर– साउथ एशिया, इनड्राइभका डिमित्री ओख्लोप्कोभले चालकहरू इनड्राइभको सफलताको जग हुन, र उनीहरूको सहभागिता हाम्रो मिशनको लागि महत्वपूर्ण रहेको बताए ।

इनड्राइभ नेपालकी ड्राइभर अपरेशन स्पेसलिस्ट सुनिता जीमी राईले यो चालकको अविश्वसनीय कडा परिश्रम, अटल समर्पण र सेवा गरिरहनुभएको कार्यलाई मनाउने हाम्रो तरिका रहेको बताइन् ।

सम्बन्धित समाचारहरू

जीपीएस र एपको प्रयोग गरी सुरक्षित रहन आग्रह : यस्ता छन् सवारी सुरक्षाका लागि नयाँ प्रोडक्ट

जीपीएस र एपको प्रयोग गरी सुरक्षित रहन आग्रह : यस्ता छन् सवारी सुरक्षाका लागि नयाँ प्रोडक्ट

काठमाडौं – जियोमेट र एटीएस नेपाल तथा नेपाल अटो मेकानिक्स व्यवसायी संघको...

मोटरसाइकलमा क्लच प्लेट किन आवश्यक छ र यो बिग्रियो भने के हुन्छ ?

मोटरसाइकलमा क्लच प्लेट किन आवश्यक छ र यो बिग्रियो भने के हुन्छ ?

बाइकमा धेरै प्रकारका पार्टपुर्जा जडान गरिएको हुन्छ । त्यसमध्ये क्लच प्लेट...

युएसएड बन्दपछि चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल

युएसएड बन्दपछि चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल

काठमाडौँ–अमेरिकी सहयोग नियोग (युएसएड)का कार्यक्रम बन्द हुँदा नेपालमा सयौँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...