इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

काठमाडौं - पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गरी गत पुस ३ गते यात्रु तथा यात्रु लिन आएका ट्याक्सी चालकसँग अमर्यादित व्यवहार गर्ने पाँचजना ट्याक्सी चालक र ट्याक्सीहरूलाई पुस ८देखि लागू हुनेगरी एक महिनासम्म विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गर्न रोक लगाइएको जनाइएको छ।

विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ जाने क्रममा पुस ३ गते विमानस्थलबाट ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी चालकले यात्रुलाई दुर्व्यवहार तथा अमर्यादित व्यवहार गरेका थिए ।

चालकहरूको सो व्यवहारसम्बन्धी सामाजिक सञ्जाल (टिकटक)मा अपलोड भएको सामग्री र त्यसको भोलिपल्ट कार्यालयमा आएको निवेदनबारे गम्भीर ध्यानाकर्षण भएको कार्यालयका प्रवक्ता जशोदा सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

कार्यालयमा आएको निवेदनपछि विमानस्थलस्थित सुरक्षा गार्ड कार्यालयले घटनाका बारेमा आवश्यक जाँचबुझ तथा छानविन गरेको थियो।

प्राधिकरणले विमानस्थलबाट सेवा प्रदान गर्ने सम्पूर्ण चालकहरूले यात्रुसँग नम्र, सभ्य, शालिन एवं मर्यादित व्यवहार गर्ने र सो बमोजिमको व्यवहार नभएको पाइए कानुनअनुसार कारबाही जनाएको छ।

यसैगरी राइड सेयरिङ एप इन्ड्राइभ, पठाओजस्ता अनलाइन एपमा आधारित भई सेवा प्रदान गर्ने सवारीसाधनलाई तोकिएको स्थानमा यात्रु छोड्न र नियमानुसारको शुल्क तिरी विमानस्थलको सवारी पार्किङ क्षेत्रमा सवारीसाधन राखी आफ्नो यात्रुलाई लैजान विमानस्थलबाट सेवा प्रदान गर्ने ट्याक्सी चालकहरूबाट कुनै अवरोध नगर्ने/नगराउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।

विमानस्थलको पहुँच मार्गको दायाँबायाँको स्थानमा सवारीसाधन रोक्दा हुनसक्ने सम्भावित दुर्घटनाहरूलाई कमी गर्न कार्यालयले आफन्त तथा यात्रु पर्खिएर सवारीसाधन नरोक्नसमेत आग्रह गरेको छ।

विमानस्थल क्षेत्रभित्र जथाभावी रूपमा सवारीसाधन रोकिएको पाइए कानुनबमोजिम कारबाहीको चेतावनी दिइएको छ।

पर्यटकीय सहर पोखरामा विमानस्थलमा ट्याक्सी चालकहरूको मनोमानी हुने गरेका विषयमा पर्यटक तथा यात्रुहरूले पटकपटक प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन्। 

सम्बन्धित समाचारहरू

सडक सुरक्षामा बाल-उपेक्षा : अभिभावकीय लापरवाही र दायित्व

सडक सुरक्षामा बाल-उपेक्षा : अभिभावकीय लापरवाही र दायित्व

बालबालिकाको सुरक्षा र सही रेखदेख गर्नु अभिभावकत्वको सबैभन्दा ठूलो नैतिक,...

तपाईको सवारी साधनको कर कति ? नयाँ आर्थिक वर्षमा बागमतीमा यस्तो छ करको दर

तपाईको सवारी साधनको कर कति ? नयाँ आर्थिक वर्षमा बागमतीमा यस्तो छ करको दर

काठमाडौं – नयाँ आर्थिक वर्ष शुरु भएसँगै आफ्नो सवारी साधनको कर तिर्नु...

पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्प-लाइन 

पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्प-लाइन 

लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...