युरोपबाट आयात हुने कारमा भारी मात्राले कर कटौती गर्दै भारत, यी ब्रान्डलाई हुनेछ फाइदा

भारतले युरोपियन युनियनबाट आयात हुने कारमा भारी मात्राले कर घटाउने भएको छ । भारत सरकारको यस कदमले भविष्यमा युरोपबाट आयात हुने प्रिमियम कारको मूल्य निकै सस्तो हुनेछ । मिडिया रिपोर्टका अनुसार, हाल लाग्दै आएको ११० प्रतिशत करलाई घटाएर ४० प्रतिशतमा झार्न लागिएको हो ।

युरोपबाट आयत हुने कारमा कर घटाउन सहमत भएको भारतले कोटा भने निर्धारण गर्ने भएको छ । जसअनुसार, १५ हजार युरोभन्दा बढि मूल्य भएका कारमा मात्र कर कटौती हुनेछ भने यी कार २ लाख युनिटमा मात्र आायत गर्न पाइनेछ । विस्तारै कर घटाएर १० प्रतिशतसम्मा झार्न सकिने उल्लेख गरिएके छ ।

यद्यपि, घरेलु उत्पादकहरूलाई सुरक्षा दिन पहिलो ५ वर्षको लागि ईभीलाई भने आयत शुल्क कटौतीको लाभ उपलब्ध नहुने संभावना देखिएको छ ।

आयातमा कर घटेपछि युरोपका प्रख्यात ब्रान्ड फक्सवागन, रेनो, स्टेलान्टिस, औडी र बिएमडब्लु तथा मर्सिडिज बेन्ज जस्ता ब्रान्डले भारतीय बजारमा राम्रो उपस्थिती जनाउने अपेक्षा गरिएको छ । साथै, उनीहरूका लागि स्थानीय रूपमा उत्पादन गर्नुअघि आयातित सवारी साधनहरू बेचेर बजार परीक्षण गर्ने अवसर समेत प्राप्त हुनेछ ।

सम्बन्धित समाचारहरू

फक्सवागन मनसुन एक्सचेन्ज अफर प्रारम्भ : पुरानो कुनै पनि ब्रान्डसँग नयाँ गाडी साट्न सकिने

फक्सवागन मनसुन एक्सचेन्ज अफर प्रारम्भ : पुरानो कुनै पनि ब्रान्डसँग नयाँ गाडी साट्न सकिने

काठमाडौं – नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल...

रुसले उत्तर कोरियाली नेतालाई विलाशी कार उपहार दिएपछि दक्षिण तनावमा

रुसले उत्तर कोरियाली नेतालाई विलाशी कार उपहार दिएपछि दक्षिण तनावमा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ–उनलाई...

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, पहिलो १०० ग्राहकलाई विशेष छुट प्रदान गरिने

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, पहिलो १०० ग्राहकलाई विशेष छुट प्रदान गरिने

काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...