भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आजदेखि सुरु, पहिलो सोलार कार इभा र फ्लाइङ कार पनि प्रदर्शन हुने

भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आजदेखि सुरु हुँदैछ। यसमा पहिलो पटक ३४ अटोमोबाइल कम्पनीहरु सहभागी भएका छन् । यो सङ्ख्या सन् १९८६ मा भएको अटो एक्स्पोको पहिलो संस्करणयताकै उच्च हो । यस एक्स्पोको आधिकारिक नाम द मोटर शो हो।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम)का अनुसार मारुती सुजुकी, हुन्डाई, मर्सिडिज, बीएमडब्लु, बीवाईडी लगायतका धेरै ठुला कम्पनीले एक्स्पोमा आफ्ना नयाँ मोडलहरू प्रदर्शन गर्ने भएका छन् । यो भारत मोबिलिटीको दोस्रो संस्करण र अटो एक्सपो मोटर शोको १७ औं संस्करण हो, जुन २२ जनवरीसम्म चल्नेछ।

यसपटकको इभेन्टमा कम्पनीको विशेष ध्यान इलेक्ट्रिक सवारीसाधन प्रस्तुत गर्नेतर्फ रहेको छ । यसमा हुन्डाई क्रेटा ईभी, एमजीको साइब्सटर र एम९, कियाको ईभी६ फेसलिफ्ट र  सिरोस, स्कोडाको इन्याक र एलरोक, टाटा मोटर्सको ह्यारियर र सिएरा ईभी पेश हुनेछ । सो एक्सपोमा मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ई-भिटारा पनि प्रदर्शन हुनेछ ।

साथै भारतको पहिलो सोलार कार इभा र सरला एभिएसनको फ्लाइङ कार पनि उक्त शोमा प्रदर्शन हुनेछ । उक्त शो प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान १०:३० बजे उद्घाटन गर्नेछन्, जसमा ५ लाखभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।

भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा टाटा मोटर्स, मारुती सुजुकी, महिन्द्रा एण्ड महिन्द्रा, टोयोटा किर्लोस्कर मोटर, हुन्डाई मोटर इन्डिया, किया इन्डिया र स्कोडा अटो फक्सवागन इन्डिया, बीएमडब्ल्यू, मर्सिडिज - बेन्ज, पोर्श इन्डिया र बीवाईडी जस्ता ग्लोबल लक्जरी ब्रान्डहरू यसमा सहभागीता जनाउने छन् । साथै टीभीएस मोटर कम्पनी, बजाज अटो, हिरो मोटोकर्प, होन्डा मोटरसाइकल एण्ड स्कुटर इण्डिया, सुजुकी मोटरसाइकल र यामाहा इन्डिया जस्ता दुई पाङ्ग्रे सवारीसाधनले पनि भाग लिनेछन् ।

व्यावसायिक खण्डमा भल्वो आइसर कमर्सियल भेइकल, अशोक लेल्याण्ड, जेबीएम र कमिन्स इन्डिया तथा एथर इनर्जी, ओला इलेक्ट्रिक, टीआई क्लिन मोबिलिटी, एका मोबिलिटी र भियतनाममा आधारित भिनफास्ट जस्ता इलेक्ट्रिक सवारीसाधन पनि प्रदर्शन हुनेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...