दुर्घटनाअघि नै चालकलाई चेतावनी दिने भीटुभी प्रविधि ल्याउँदै भारत

भारतमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ। हरेक वर्ष लाखौं मानिस सडक दुर्घटनामा घाइते हुने गरेका छन् भने हजारौंले ज्यान गुमाउने गरेका छन्। यही चुनौतीलाई सम्बोधन गर्न भारतीय सरकारले अत्याधुनिक प्रविधि प्रयोग गर्दै सवारी भेइकल टु भेइकल सिस्टम लागू गर्ने तयारी गरेको छ। सो प्रविधिले सडकमा चलिरहेका सवारी साधनहरूलाई एकअर्कासँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्षम बनाउनेछ र सम्भावित दुर्घटनाबारे चालकलाई समयमै सचेत गराउनेछ।

भेइकल टु भेइकल सञ्चार प्रविधि अन्तर्गत प्रत्येक सवारी साधनमा सानो अन बोर्ड युनिट जडान गरिनेछ । यस युनिटमार्फत सवारी साधनहरूले वायरलेस रेडियो सिग्नल प्रयोग गरेर एकअर्कासँग निरन्तर जानकारी साटासाट गर्नेछन्। यस क्रममा गाडीको गति, स्थान, दिशा, ब्रेक लगाइएको अवस्था तथा गतिमा आएको परिवर्तनजस्ता विवरण नजिकै रहेका अन्य सवारी साधनसम्म पुग्नेछ।

यदि अगाडि चलिरहेको गाडीले अचानक ब्रेक लगायो, सडकमा दुर्घटना भयो, कुहिरोका कारण भिजिबिलिटी घट्यो वा कुनै ब्लाइन्ड स्पट आयो भने, पछाडिबाट आउँदै गरेका चालकले तुरुन्तै आफ्नो ड्यासबोर्ड वा डिस्प्लेमा चेतावनी प्राप्त गर्नेछन्। यसले चालकलाई समयमै प्रतिक्रिया दिन सहयोग पुर्‍याउनेछ र टक्करको सम्भावना धेरै हदसम्म घटाउनेछ।

भीटुभी सिस्टम इन्टरनेट वा मोबाइल नेटवर्कमा निर्भर नहुने भएकाले यो रेडियो सिग्नलमार्फत नै सञ्चालन हुनेछ। यस कारण दुर्गम क्षेत्रहरूमा पनि यो प्रविधि समान रूपमा उपयोगी हुनेछ। सो प्रविधि लागू भएपछि सडक दुर्घटनामा ८० प्रतिशतसम्म कमी आउन सक्ने विश्वास गरिएको छ। सो प्रविधि हाल प्रचलित एडास सिस्टमभन्दा अझ उन्नत हुनेछ, किनकि एडास क्यामेरा र सेन्सरमा निर्भर रहँदा भीटुभीले सवारी साधनहरूबीच प्रत्यक्ष सञ्चारमार्फत खतरा पहिल्यै पहिचान गर्न सक्षम बनाउनेछ।

भीटुभी उपकरणको अनुमानित लागत प्रतिगाडी ५ हजारदेखि ७ हजार रुपैयाँसम्म हुन सक्ने बताइएको छ। प्रारम्भिक चरणमा सो सिस्टम नयाँ सवारी साधनहरूमा लागू गरिनेछ भने पछि चरणबद्ध रूपमा पुराना सवारी साधनहरूका लागि पनि रेट्रोफिटिङ विकल्प ल्याइनेछ। यसका लागि सवारी साधन निर्माता कम्पनीहरूसँग मिलेर एकरूपता र सुरक्षित प्राविधिक मापदण्ड विकास गरिँदैछ।

सम्बन्धित समाचारहरू

मालढुङ्गा-बेनी सडक ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

मालढुङ्गा-बेनी सडक ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

पर्वत – उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी...

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

काठमाडौं – अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा...

२३ दिनमै देशभरका कठिन अफरोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप ट्रक टुनल्यान्ड जी७

२३ दिनमै देशभरका कठिन अफरोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप ट्रक टुनल्यान्ड जी७

काठमाडौं – नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्यान्ड जी७ ले विश्व...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...