२३ दिनमै देशभरका कठिन अफरोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप ट्रक टुनल्यान्ड जी७

काठमाडौं - नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्यान्ड जी७ ले विश्व इतिहास रचेको छ । यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफरोड स्थानमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको कम्पनीले बताएको छ । यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ ।

टुनल्यान्ड जी७ ले नेपालका सबैभन्दा कठिन भूभागहरू सफलतापूर्वक पार ग¥यो । यो यात्रा दार्चुलाको हिकिला (१,९६७ मिटर), पर्वतको फलामे (२,३२५ मिटर), इलामको सन्दकपुर (३,६३६ मिटर), कर्णालीको जुम्ला (२,५१४ मिटर), मनाङको खाङसार (३,७५६ मिटर), ढोरपाटन (३,९०० मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६० मिटर) र संखुवासभाको गुफापोखरी (२,८९० मिटर) लगायतका उच्च भूभाग र दुर्गममा अवस्थित क्षेत्रमा गरिएको थियो । यी मार्गमा ठाडो उकालो, भीर र कच्ची बाटाहरू रहेका थिए ।

टुनल्यान्ड जी७ ले ती सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट ग¥यो र तिनीहरूको पूर्ण क्षमता अनुभव गर्ने अहिलेसम्मकै उत्कृष्ट फोर बाई फोर अफरोड पिकअप बन्न सफल भएको छ । यसमा भएको १६० एचपी पावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो । आर१८ टायरले हिलो र ढुङ्गामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत ग¥यो । २२५ एमएम ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्कामा नअड्किएरै पिकअप सजिलै अघि बढ्यो । उकालो चढ्दा वा ओरालो झर्दा ‘हिल होल्ड’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ले अत्यन्त सहज अनुभव दिएको छ ।

बाहिरी रूपमा कडा देखिने टुनल्यान्ड जी७ भित्रचाहिँ विलासी र आरामदायी छ । यसमा प्यानोरामिक सनरुफ, तातो/चिसो हुने १२–तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ। यी सबै कुराले संयोजनले चालकको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको छ ।

२३ दिने यो यात्रा टुनल्यान्ड जी७ को एकवर्षे परीक्षणको हिस्सा थियो । जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित ग-यो । नेपाली ग्राहकसँग विश्वास कायम गर्न वास्तविक परिस्थितिमा गरिएको परीक्षणको नतिजा देखाइएको हो । टुनल्यान्ड जी७ ले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी नै उपलब्धि हासिल गरेको बताइएको छ ।

यो यात्राले टुनल्यान्ड जी७ केवल शहर वा सहज सडकका लागि मात्र होइन, जङ्गल, दुर्गम स्थान र उच्च पहाडी सडकका लागि बनेको पिकअप हो भन्ने देखाएको छ । कम्पनीले भनेको छ, ‘यो पिकअप होइन, यो त शक्ति, आराम र प्रदर्शन खोज्नेका लागि बनाइएको पावर मेसिन हो ।’

सम्बन्धित समाचारहरू

चितवनमा अटो एक्सपो हुने, एकै स्थानमा सवारी अवलोकन गर्न र अन्य सुविधा लिन सकिने

चितवनमा अटो एक्सपो हुने, एकै स्थानमा सवारी अवलोकन गर्न र अन्य सुविधा लिन सकिने

भरतपुर – चितवनमा कार्यरत अटोमोबाइल व्यवसायीहरुको संगठन चितवन अटोमोबाइल...

अमेरिकामा एकैपटक १०० भन्दा बढी गाडी दुर्घटनामा, यस्तो छ कारण

अमेरिकामा एकैपटक १०० भन्दा बढी गाडी दुर्घटनामा, यस्तो छ कारण

अमेरिकाको मिशिगन राज्यमा आएको भीषण हिम आँधीका कारण एउटा राजमार्गमा १००...

काठमाडौँ जोड्ने सबै नाका ठप्पः २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

काठमाडौँ जोड्ने सबै नाका ठप्पः २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौँ जोड्ने राजमार्ग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...