भारतद्वारा नेपाललाई कैदी बोक्ने १० ट्रक उपहार

भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ ।

भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रममा ती ट्रक पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

उपहारस्वरूप प्रदान गरिएका ती ट्रकहरूले नेपालको सुरक्षा निकाय तथा कानुन कार्यान्वयन गर्ने निकायहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भारतीय पक्षले जनाएको छ ।

यसअघि पनि भारत सरकारले नेपाललाई विभिन्न प्रकारका सवारीसाधन उपलब्ध गराउँदै आएको छ । सन् २०२६ मार्च ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सञ्चालनका लागि नेपाल सरकारको अनुरोधमा भारतले करिब ६४० वटा सवारीसाधन; एसयूभी, पिकअप र ट्रक उपलब्ध गराएको थियो ।

त्यसैगरी विगतका वर्षहरूमा भारतले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत सुरक्षा निकायहरूलाई २ हजारभन्दा बढी सवारीसाधन हस्तान्तरण गरिसकेको जनाइएको छ ।

सम्बन्धित समाचारहरू

खल्तीले ल्यायो एपबाटै ब्लुबुक नवीकरण सुविधा, यस्तो छ प्रक्रिया

खल्तीले ल्यायो एपबाटै ब्लुबुक नवीकरण सुविधा, यस्तो छ प्रक्रिया

काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन...

टिमुरेमै रोकिए चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी

टिमुरेमै रोकिए चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी

रसुवा – रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय...

दाङमा एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा, बसमा सुतेरै यात्रा गर्न सकिने

दाङमा एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा, बसमा सुतेरै यात्रा गर्न सकिने

दाङबाट काठमाडौंमा बस सेवा संचालन गरिरहेको त्रिशिद्धेश्वरी राप्ती...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...