आफ्नै ईभी प्रविधि बिकास गरेर चीन माथिको निर्भरता कम गर्दै भारत, १४ हजार करोड अनुदान दिने

भारत सरकारले आफ्नो आत्मनिर्भर पहलको एक भागको रूपमा ब्याट्री प्रविधि, पावर इलेक्ट्रोनिक्स र चार्जिङ पूर्वाधार विकास गर्न अनुदान दिने भएको छ । आपूर्ति श्रृंखलामा चीन माथिको निर्भरता कम गर्न र स्वदेशी विद्युतीय सवारी प्रविधिको विकासलाई बढावा दिन १४ हजार करोड भारु अनुदान दिन लागिएको हो ।

यसका लागि प्रधानमन्त्रिको नेतृत्वमा त्यहँको विज्ञान प्रविधि विभाग र अनुसन्धन राष्ट्रिय अनुसन्धान प्रतिष्ठानले ब्याट्री प्रविधि, पावर इलेक्ट्रोनिक्स र चार्जिङ पूर्वाधार समावेश ईभी इकोसिस्टम विकास गर्न एक कार्यक्रम सुरु गर्ने जनाइएको छ ।

सरकारले देशमा अनुसन्धान र विकास संस्कृतिलाई अगाडि बढाउन आगामी ५ वर्षका लागि १४ हजार करोड रुपैयाँ विनियोजन गरेको हो । उक्त प्रतिष्ठानले कम्तिमा आगामी ३ वर्षमा ब्याट्री प्रविधि र कम्पोनेन्टको विकासलाई अगाडि बढाउने आशा राखेको छ । साथै, चर्जिङ पूर्वाधार र पावर इलेक्ट्रोनिक्सको संजला विस्ता गर्दै जाने दीर्घकालीन लक्ष्यहरू समेत राखिएको छ ।

सो प्रतिष्ठानका प्रमुख कार्यकारी अभय करन्दिकरका अनुसार अहिले आयात गरिएका विद्युतीय सवारी साधन र कम्पोनेन्टको स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न यो कार्यक्रम सुरु गरिएको हो । ‘हामी हाल चीन र अन्य देशबाट आपूर्ति श्रृंखलामा निर्भर छौं । यस परियोजनाले आत्मनिर्भर बन्न सहयोग पुर्याउँदै भारतलाई ईभी उत्पादनको हव बनाउने मद्धत गर्नेछ’ उनले भने ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ : गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल (भिडियो सहित)

नाडा अटो शो २०२४ : गाडीका साथ प्रविधिको परिचयमा केन्द्रित बीवाईडीको स्टल (भिडियो सहित)

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल...

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...

यस्तो छ विवाइडीको व्लेड व्याट्री जडान भएको टोयोटाको नयाँ इलेक्ट्रिक कार विजेड ३

यस्तो छ विवाइडीको व्लेड व्याट्री जडान भएको टोयोटाको नयाँ इलेक्ट्रिक कार विजेड ३

जापनिज अटो निर्माता टोयोटाले हालसालै नयाँ इलेक्ट्रिक कार विजेड ३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...