आफ्नै गाडी छैन ? नो प्रोब्लम : यसरी प्रयोग गर्न सकिन्छ भाडामा निजी कार

नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको रेन्टल कार नेपालले विभिन्न ब्रान्डका कार भाडामा दिने गरेको छ । विगत १३ वर्षयता ट्राभल एन्ड टुरिज्मको क्षेत्रमा संलग्न व्यवसायीहरुले चालक र इन्धनको सुविधासहित भाडामा कारको सुविधा ल्याएका हुन् ।

बस, माइक्रो भाडामा रिजर्भ गर्न पाइन्छ भन्ने त हामी नेपालीका लागि कुनै नौलो कुरा होइन तर, बिलासी कार नै भाडामा पाइन्छ भन्ने सबैलाई थाहा नहुन सक्छ । विशेषगरी राम्रो आम्दानी भएका मान्छेहरुले कार चढ्छन् भन्ने आम मानिसको धारणा छ । तर, अहिले विशेषगरी लामो यात्रा र विदेशबाट आएका मानिसहरुले सौखका लागि एक दिनका लागि भएपनि कार भाडामा लिएर विभिन्न स्थानमा घुम्न जाने गरेको रेन्टल कार नेपालका म्यानेजिङ डाइरेक्टर गोकुल केसी बताउँछन् ।

नयाँबजार खुसिबु टाउन प्लानिङस्थित मेडिकल चोकमा रहेको रेन्टल कार नेपालसँग अहिले ५ वटा गाडी छन् । जसमा टाटा जेस्ट, सुजुकी स्विफ्ट डिजायर, फोर्ड इकोस्पोर्ट, हुन्डाई क्रेटा लगायतका गाडी रहेको केसी बताउँछन् ।

उनीहरुले काठमाडौं उपत्यकाभित्र ८ घन्टाका लागि ४ हजार रुपैयाँ भाडा लिन्छन् । ‘हामीले काठमाडौं उपत्यकाभित्र ८ घन्टाको समयका लागि ४ हजार रुपैयाँ भाडा लिन्छौं,’ उनले भने, ‘त्यसमा चालक र इन्धन दिन्छौं यदि कसैले आफैं चलाउँछु भन्नुभयो भने पनि त्यसको पनि व्यवस्था छ ।’

कोरोना भाइरसको महामारीका कारण थिलथिलो बनेको समयमा धेरैले आफ्नै निजी कार प्रयोग गर्न नपाए पनि यस्ता कार भाडामा प्रयोग गर्न पाएका छन् । यो अवस्थामा पछिल्लो समय सौखको रुपमा रहेको निजी कार भाडामा दिने नव व्यवसायीहरुको उदय भैरहेको छ ।

रेन्टल कार नेपालले काठमाडौं उपत्यकामा मात्र नभएर देशभरकै लागि पनि कारको सुविधा दिइरहेको केसी बताउँछन् । कुनैबेला धेरैजसो विदेशी पर्यटकले मात्र भाडाका कार चढ्ने गरेको भएपनि अहिले आन्तरिक पर्यटकले पनि सुरक्षालाई मध्यनजर गर्दै भाडाका कार प्रयोग गर्दै आएका छन् । काठमाडौं उपत्यका बाहिरका लागि उनीहरुले पर्यटकका लागि प्याकेजको पनि व्यवस्था गरेका छन् । जसमा गाडीमा लैजाने, होटल खर्च, त्यहाँ घुमाएर पुन गन्तव्यमा ल्याइदिनेसम्मको प्याकेज पनि तय गरेको छ ।

रेन्टल कार नेपालले काठमाडौंबाहिर पोखराका लागि १ रात २ दिनका लागि कारको भाडामात्र १५ हजार तोकेको छ, बुटवल लुम्बिनी घुम्न १ रात २ दिनको लागि १७ हजार रुपैयाँ तोकेको छ ।

कारका साथै रेन्टल कारसँग अफरोडका लागि आवश्यक पर्ने स्कर्पियो पनि उपलब्ध छ । १७ वर्षदेखि सेवामा आवद्ध कार रेन्टलमार्फत औसतमा दैनिक ६ जनाले सेवा लिइरहेका छन् । त्यसो त यो अवधिमा १ लाखभन्दा बढी सेवाग्राहीले सेवा लिएको केसी बताउँछन् ।

कार रेन्टल नेपालको आफ्नै वेबसाइट पनि छ । जसमा फेसबुक तथा गुगलमा गएर हेरेर अधिकांशमा मानिसहरु त्यहीँबाट सम्पर्कमा आउँछन् । करोडांै लगानी गरेर भाडामा कार दिने सेवा सुरु गरेको भएतापनि यसबाट सोचेजस्तो नाफा नहुने केसी बताउँछन् । ‘हामीलाई बिलासी कार भाडामा दिएर कुनै फाइदा छैन,’ उनले भने, ‘पहिलो कुरा त यी कारहरुको मूल्य नै महंगो पर्छ, त्यसपछि यी कारहरु मर्मतमा पनि त्यत्तिकै खर्च लाग्छ त्यसैले हामीलाई त्यति धेरै फाइदा हुँदैन ।’

ट्राभल एजेन्सीमा काम गर्दागर्दै पर्यटन प्रवद्र्धनलाई टेवा पु¥याउने उद्देश्यले केसीसहित अर्का गोविन्द भण्डारी मिलेर सुरु गरेका उनीहरुले ठूला गाडी र पर्यटक बस पनि भाडामा दिने गरेको उनी बताउँछन् । पछिल्लो समय बिलासीका साथै व्यक्तित्व दर्शाउनका लागि निजी कारको प्रयोग गर्न थालेका मानिसहरुलाई लक्षित गरी रेन्टल कार नेपाल जस्तै थुप्रै कम्पनीले सेवा दिइरहेका छन् ।

कसैले कम्पनी नै खोलेर यसको सेवा दिइरहेका छन् भने कतिपयले कन्ट्याक्टमा रहेर कार भाडामा दिइरहेका छन् । कलंकीका सन्जिव लामासँग यतिबेला हुन्डाईको आइटेन कार छ । उनले यो गाडी किनेको १ वर्ष पुग्न लाग्यो । तर, असोज यता उनले हुन्डाई आइटेन गाडी भाडामा दिँदै आएका छन् । उनले दैनिक ३ हजार रुपैयाँ भाडा लिन्छन् । जसमा इन्धन भने ग्राहकले नै हाल्नुपर्ने उनी बताउँछन् । उनले काठमाडौं बाहिर होस् वा उपत्यका भित्र जुनसुकै ठाउँमा पनि चालकको सुविधासहित कार भाडामा दिने गरका छन् ।

तनहुँका भिमराज घिमिरेले भाडामा कार कुदाउन थालेको १० वर्ष बित्यो । उनीसँग सुरुमा टोयोटा कार थियो । उनले त्यो कार भाडामा दिन्थे । यसरी अटो व्यवसायमा सक्रिय घिमिरेसँग अहिले ३ वटा स्विफ्ट डिजायर गाडी छ । उनले यी ३ वटै गाडी भाडामा दिएका छन् । उनले यी गाडी पिच रोडमा मात्र कुदाउने गरेका छन् । विशेषगरी पोखरा–काठमाडौंका लागि सेवा दिँदै आएका उनले पोखराबाट काठमाडौं आएको ७ हजार रुपैयाँ भाडा लिने गरेको बताउँछन् ।

१० वर्ष अघि २५ लाख रुपैयाँ लगानी गरेर अटो व्यवसाय सुरु गरेका उनीसँग अहिले ३ वटा महंगा गाडी छन् । २ वर्ष अघि किनेका तीनवटै स्विफ्ट डिजायर १८ लटका हुन् । यसका साथै उनीसँग माइक्रोबस, स्कर्पियो पनि छन् ।

सिन्धुपाल्चोक मेलम्चीका प्रशान्त ढुंगानाले कार भाडामा दिन थालेको धेरै भएको छैन । उनले लकडाउन खुलेसँगै गाडी भाडामा दिन थालेका हुन् । कार रेन्टल फेसबुक पेजमा गाडी उपलब्ध हुने सूचना राखेर व्यवसाय सुरु गरेका उनले अहिले यसैबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले गाडी भाडामा माग्ने मानिसलाई दुरीको आधारमा भाडा लिँदै आएका छन् ।

कोरोना भाइरसको महामारीका कारण थिलथिलो बनेको समयमा धेरैले आफ्नै निजी कार प्रयोग गर्न नपाए पनि यस्ता कार भाडामा प्रयोग गर्न पाएका छन् । यो अवस्थामा पछिल्लो समय सौखको रुपमा रहेको निजी कार भाडामा दिने नव व्यवसायीहरुको उदय भैरहेको छ ।

यस्ता गाडी प्रयोग गरेर विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमणमा जान समेत सकिन्छ । यो ट्रेन्ड पनि निकै नै विकसित भइरहेको छ ।

त्यसैगरी अनलाइन ट्याक्सी सेवा उपलब्ध गराउने पठाओ, सारथी, लुजुम आदि सेवा पनि उपलब्ध छन् ।

पछिल्लो समयमा विशेष गरी फेसबुक जस्ता सामाजिक सञ्जालको प्रयोगले यस्ता रेन्टल कार सर्भिसहरुलाई फाइदा पुगेको छ । विभिन्न ग्रुप बनाएर यस्ता सर्भिसको प्रवद्र्धन गर्न पाइन्छ र धेरैको बीचमा जानकारी पुग्छ । यसले गर्दा पनि यो व्यवसाय फस्टाइरहेको छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...