इलेक्ट्रिक कार बिक्रीमा तीव्र प्रतिस्पर्धा, भारतमा कुन कम्पनी कति अगाडि ?

भारतमा इलेक्ट्रिक कारको बिक्री निकै प्रतिस्पर्धात्मक बनिरहेको छ । टाटा मोटर्स, जेएसडब्ल्यू एमजी मोटर र महिन्द्रा एण्ड महिन्द्राजस्ता कम्पनीले उत्कृष्ट विकल्प प्रदान गरिरहेकाले ईभीप्रति उपभोक्ताको रुचि उल्लेखनीय रूपमा बढिरहेको छ । हाल इलेक्ट्रिक कार बजारमा टाटा र एमजीले मात्र करिब ७० प्रतिशत हिस्सा ओगटेको छ, जबकि महिन्द्रा एण्ड महिन्द्रा तेस्रो स्थानमा छ ।  

टाटा मोटर्स : टाटाले गत वर्ष मार्चमा भारतीय बजारमा कुल ४ हजार ७१० इलेक्ट्रिक कार बेचेको थियो र ईभी बजारको अधिकतम ३८ प्रतिशत हिस्सा ओगटेको थियो । यद्यपि टाटा इलेक्ट्रिक कारको बिक्रीमा उल्लेखनीय गिरावट आएको छ, किनकि मार्च २०२४ मा ७ हजार १८४ युनिट बिक्री भएको थियो ।

जेएसडब्ल्यू एमजी मोटर इन्डिया : जेएसडब्ल्यू एमजी मोटर इन्डियाले गत वर्ष मार्चमा भारतीय बजारमा ३ हजार ८८९ इलेक्ट्रिक कार बेचेको थियो र यो मार्च २०२४ मा १ हजार १७२ युनिटको तुलनामा धेरै हो । ईभी सेगमेन्टमा एमजीको बजार हिस्सा ३१ प्रतिशतभन्दा बढी छ । एमजीको विन्डसर ईभी र जेडएस ईभीको भारतमा राम्रो माग छ।

महिन्द्रा एण्ड महिन्द्रा : महिन्द्रा एण्ड महिन्द्राले गत महिना भारतमा कुल १ हजार ९४४ इलेक्ट्रिक कार बेचेको थियो र यसको बजार हिस्सा लगभग १६ प्रतिशत थियो। महिन्द्राको हालै लन्च गरिएको एक्सईभी ९ई र बीई ६ ठूलो क्रेज छ।

हुन्डाई मोटर इन्डिया : हुन्डाईले गत वर्ष मार्चमा कुल ८४९ इलेक्ट्रिक कार बेचेको थियो र यसको बजार हिस्सा लगभग ७ प्रतिशत थियो। हुन्डाईको हालै लन्च गरिएको क्रेटा ईभीको क्रेज बिस्तारै बढ्दै गएको छ।

बीवाईडी : भारतीय बजारमा सिलियन ७, सिल, इटो ३ र ईम्याक्स ७ जस्ता इलेक्ट्रिक कार बेच्ने बीवाईडीले गत वर्ष मार्चमा ३९६ कार बेचेको थियो ।

सम्बन्धित समाचारहरू

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

काठमाडौं – सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय...

९० को दशकको लोकप्रिय स्कुटर एलएमएल इलेक्ट्रिक स्कुटर सहित  पुनरागमन हुने

९० को दशकको लोकप्रिय स्कुटर एलएमएल इलेक्ट्रिक स्कुटर सहित पुनरागमन हुने

मोटरसाइकल निर्माता कम्पनी एलएमएलको पुनरागमन हुने भएको छ । कम्पनीले चाँडै...

भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी

भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी

काठमाडौं – भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...