आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुुटरहरु हस्तान्तरण गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच ती स्कुटर ललितपुर नगर प्रहरीलाई पुनः महानगरपालिकाले हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएका राफ्ट इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आइएमई इलेक्ट्रिक प्रालि हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । सो स्कुटर एक पटक फुल चार्जमा १०० किलोमिटर रेन्ज सम्म गड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम किमी चल्न सक्ने, बलियो बनावट साथै अधिक पर्फर्मेन्स दिनसक्ने भएकाले सो स्कुटरहरु खरिद गरिएकोे नगरपालिकाले बताएको छ ।

भारतमा उत्पदित राफ्ट स्कटरको वारिअरका साथै टिस्टा, इण्डुस, नुब्रा, जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन् । किलेस स्टार्ट, रिमोट लकिङ, रिभर्स गियर, थेफ्ट अलार्म समेत रहेको छ । सेगमेन्टकै आधिकतम ३२० किमी रेन्ज दिन सक्ने स्कटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले पहिले देखि नै नेपाली बजारमा अशोक लेल्यान्ड र एस्कर्ट्स ब्रान्डका सवारी साधन उपलब्ध गराउदै आएको छ । अब कम्पनी इलेक्ट्रिक सेगमेन्टमा समेत प्रवेश गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर सुरक्षालाई अझै व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगरप्रहरीलाई स्कुटरले थप सहयोग गर्नेछ ।

सम्बन्धित समाचारहरू

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर चाँडै आउँदै, बलियो ब्याट्री र रेन्ज समावेश हुने

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर चाँडै आउँदै, बलियो ब्याट्री र रेन्ज समावेश हुने

टीभीएसले यस वर्ष भारतीय बजारमा दुई पाङ्ग्रे इलेक्ट्रिक मोडल ल्याउने तयारी...

फ्युचरिकम ट्रकले बनायो वर्ल्ड रेकर्ड, सिंगल चार्जमा १०९९ किमीको रेन्ज प्रदान

फ्युचरिकम ट्रकले बनायो वर्ल्ड रेकर्ड, सिंगल चार्जमा १०९९ किमीको रेन्ज प्रदान

जर्मन डेलिभरी कम्पनी ‘डीपीडी’ को इलेक्ट्रिक ट्रक फ्युचरिकमले फुल चार्जमा...

गण्डकी र सुदूरपश्चिम सरकारको बजेट, यस्तो छ निजी सवारीसाधनमा लाग्ने कर

गण्डकी र सुदूरपश्चिम सरकारको बजेट, यस्तो छ निजी सवारीसाधनमा लाग्ने कर

गण्डकी र सुदूरपश्चिम सरकारले पनि आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...