आईएमई मोटर्सले अशोक लेल्यान्डबाट पायो ‘बेस्ट बिजनेस स्ट्राटेजी अफ द इयर’ अवार्ड

काठमाडौं – अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सलाई अशोक लेल्यान्डको ‘बेस्ट बिजनेस स्ट्राटेजी अफ द इयर’ अवार्ड प्रदान गरिएको छ । अटोमोबाइल क्षेत्रमा गरेको असाधारण उपलब्धि र दुरदर्शी नेतृत्वका लागि आईएमई मोटर्सलाई सो अवार्ड प्रदान गरिएको हो ।

यस सम्बन्धमा एक विज्ञप्ति सार्वजनिक गर्दै आईएमई मोटर्सले भनेको छ, ‘बेस्ट बिजनेस स्ट्राटेजी अफ द इयर अवार्ड आईएमई मोटर्सको नवप्रवर्तन, उत्कृष्टता र आफ्ना ग्राहकहरूलाई अतुलनीय मूल्य प्रदान गर्ने अटल प्रतिबद्धताको प्रमाण हो । यो अवार्डले आईएमई मोटर्सको विगतका उपलब्धिलाई मात्र होइन, अटोमोटिभ क्षेत्रमा कम्पनीले भविष्यमा गर्ने आशाजनक कार्यलाई समेत प्रकाश पार्छ ।’

अटोमोबाइल उद्योगमा प्रतिष्ठित अशोक लेल्यान्डबाट सम्मानित हुन पाउदा आईएमई मोटर्सले गहिरो सम्मान र विनम्रता व्यक्त गरेको छ । यो क्षेत्रमा गरेको अथक प्रयास र यसले बजारमा पारेको प्रभावको प्रमाणको रुपमा यो पुरस्कार रहेको र यो आईएमई मोटर्स टिमका प्रत्येक सदस्यहरुले गरेको कठिन परिश्रमको प्रतिफल समेत भएको आईएमई मोटर्सको भनाइ छ ।

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले अशोक लेल्यान्डप्रति अभार व्यक्त गर्दै भने, ‘अटोमोबाइल उद्योगमा हामीले गरेको प्रयास र योगदानलाई मान्यता दिएकोमा हामी अशोक लेल्यान्डप्रति आभारी छौ । हामीले गर्ने सबै कार्यमा उत्कृष्टता हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई यसले अझै बलियो बनाउछ । यसले हामीलाई नवप्रवर्तनको लागि प्रयास जारी राख्न र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू प्रदान गर्न उत्प्रेरित गर्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘आईएमई मोटर्सले प्रतिस्पर्धामा आफूलाई सधै अगाडि राख्नको लागि अपनाएको आफ्नो ग्राहक केन्द्रित दृष्टिकोण र लगातार विकसित रणनीतिहरूमा गर्व गर्दछ । यो कोसेढुङ्गा हासिल गर्नका लागि कम्पनीको बलियो नेतृत्व, समर्पण र व्यापार कौशल निर्णायक भएको छ ।’

आईएमई मोटर्सको सम्पूर्ण टोली यो उल्लेखनीय सफलताको लागि प्रशंसायोग्य भएको बताएको छ । सबैको जोश, कडा परिश्रम र उत्कृष्टताको अथक प्रयासले कम्पनीलाई अझ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको र अशोक लेल्याण्डको यो मान्यता उनीहरूको समर्पण र टिम स्पिरिटको प्रमाण भएको बताइएको छ ।

आईएमई मोटर्सका सीईओलाई हालै भारतको सबैभन्दा प्रतिष्ठित अवार्ड ‘इन्डियन अचिभर्स अवार्ड’ र अटो नेपाल पत्रिकाद्वारा ‘सीईओ अफ द इयर’ बाट समेत सम्मानित गरिएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीका गाडी आइएमई जनरल इन्स्योरेन्समा बिमा गरिने, सहज भुक्तानीको सुविधा हुने

बीवाईडीका गाडी आइएमई जनरल इन्स्योरेन्समा बिमा गरिने, सहज भुक्तानीको सुविधा हुने

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स र नेपालका लागि बीवाईडीको आधिकारिक...

आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

काठमाडौँ – आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित...

अटोमोबाइलमा युवा पुस्ता : अगाडि बढ्दै निशान

अटोमोबाइलमा युवा पुस्ता : अगाडि बढ्दै निशान

नेपाली अटोमोबाइल क्षेत्रमा कार्यरत युवा पुस्ताको एक प्रतिनिधि पात्र हुन्...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...