आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पाए भारतको प्रतिष्ठित इन्डियन अचिभर्स अवार्ड

काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित ‘इन्डियन अचिभर्स अवार्ड्स’ पाएका छन् । विश्वका विभिन्न स्थानमा रहेर विभिन्न ब्रान्डको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिष्ठित व्यक्तित्वलाई प्रदान गरिने सो अवार्ड इन्डियन अचिभर्स फोरमले प्रदान गरेको हो ।

एउटै क्षेत्रमा २० वर्ष भन्दा लामो समय काम गरेर ब्रान्ड प्रवद्र्धन कार्यमा उल्लेखनिय सफलता प्राप्त गरेका व्यक्तिलाई सो अवार्ड प्रदान गरिन्छ । पुराणिकले अटोमोबाइल क्षेत्रमा रहेर २५ वर्ष भन्दा बढी कार्य गरिसकेका छन् । उनी हाल आईएमईको अटोमोबाइल डिभिजन आईएमई मोटर्सका ग्रुप सीईओ छन् ।

सन् १९९७ मा टाटा मोटर्सबाट आफ्नो व्यावसायिक यात्रा शुरु गरेका पुराणिकले सो ब्रान्डमा २२ वर्ष भन्दा बढी समय कार्यरत रहे । उनले नेपालका साथै बंगलादेश, भुटान, दक्षिण अफ्रिका, बोलिभिया र उरुग्वेमा रहेर सफलताका साथ ब्रान्डलाई माथि उठाउन भूमिका खेलेका थिए । सो समयमा पनि उनले विभिन्न प्रतिष्ठित अवार्ड प्राप्त गरेका थिए ।

त्यसपछि एक वर्ष दीगो ब्रान्डमा रहेर विद्युतीय सवारीको प्रवद्र्धनमा लागेका पुराणिक विगत करिव तीन वर्ष देखि आईएमई मोटर्समा कार्यरत छन् । अशोक लेल्यान्ड, एस्कर्ट्स, भर्ट इक्विपमेन्ट, हुन्डाई हेभी इक्विपमेन्ट र राफ्ट मोटर्सको कारोबार गरिरहेको आईएमई मोटर्स चुनौतीपूर्ण अवस्थामा रहेको समयमा उनको पदार्पण भएको थियो ।

उनी आईएमई मोटर्समा आए पश्चात नेपालमा अशोक लेल्यान्डको बजार हिस्सा ९ बाट २८ प्रतिशत र एस्कर्ट्सको बजार हिस्सा ८ बाट २१ प्रतिशत पुगेको छ । पहिले आफ्नो सेगमेन्टमा यी दुई ब्रान्ड क्रमशः चौथो र तेस्रो नम्बरमा रहेको अवस्थामा हाल दुवै दोस्रो नम्बरमा रहेको कम्पनीको भनाइ छ ।

पुराणिकले २५ वर्षको अवधिमा विश्वका विभिन्न तीन महादेशका ११ देशमा भारतीय ब्रान्ड अशोक लेल्यान्ड, एस्कर्ट्स, टाटा मोटर्स, भर्ट इक्विपमेन्ट र राफ्ट मोटर्सको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको इन्डियन अचिभर्स फोरमले बताएको छ ।

पुराणिकले प्राप्त गरेको सो अवार्डको वारेमा विस्तृत विवरण यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाल आईओटी च्यालेन्ज सम्पन्न, ‘एक्सिडेन्ट अलर्ट भेइकल’ ले जित्यो दोश्रो पुरस्कार

नेपाल आईओटी च्यालेन्ज सम्पन्न, ‘एक्सिडेन्ट अलर्ट भेइकल’ ले जित्यो दोश्रो पुरस्कार

काठमाडौ – १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै...

होन्डाको पहिलो इलेक्ट्रिक बाइक डब्ल्युएन७ बजारमा प्रवेश

होन्डाको पहिलो इलेक्ट्रिक बाइक डब्ल्युएन७ बजारमा प्रवेश

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल डब्ल्युएन७ प्रस्तुत गरेको छ ।...

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...