अब आईएमईले पनि नेपाली बजारमा इलेक्ट्रिक सवारी ल्याउने

काठमाडौं – नेपाली बजारमा अशोक लेल्यान्ड र एस्कर्ट्सका सवारी साधन बिक्री गर्दै आइरहेको आईएमई ग्रुप अन्तर्गतको आईएमई मोटर्सले अब इलेक्ट्रिक सवारी साधन समेत बिक्री गर्ने भएको छ । आईएमई ग्रुपले यसका लागि छुट्टै आईएमई इलेक्ट्रिक पोर्टफोलियो निर्माण गरेको बताएको छ ।

आईएमई इलेक्ट्रिकले दुई पांग्रे र चार पांग्रे र कमर्सियल इलेक्ट्रिक सवारी साधन नेपाली बजारमा उपलब्ध गराउने छ । पहिलो चरणमा दुई पांग्रे सवारी साधन उपलब्ध गराउने र आगामी मार्चको अन्त्य सम्ममा यी सवारी साधन नेपाली बजारमा उपलब्ध हुनेछन् । आईएमई इलेक्ट्रिकले फरक फरक ब्रान्डका सवारी साधन नेपाली बजारमा उपलब्ध गराउने बताए पनि ब्रान्ड भने अहिले नै खुलाएको छैन ।

नेपाली बजारमा इलेक्ट्रिक सवारी साधनतिरको झुकाव बढ्दै गएको र प्रशस्तै विद्युत उत्पादन हुने भएकाले यस्ता सवारी साधनको भविष्य समेत राम्रो भएको सन्दर्भमा यस्ता सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्नका लागि आईएमई इलेक्ट्रिकको स्थापना गरिएको कम्पनी स्रोतको भनाइ छ ।

सम्बन्धित समाचारहरू

गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी

गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी

काठमाडौं – अशोक लेल्यान्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई...

आईएमई मोटर्सले अशोक लेल्यान्डबाट पायो ‘बेस्ट बिजनेस स्ट्राटेजी अफ द इयर’ अवार्ड

आईएमई मोटर्सले अशोक लेल्यान्डबाट पायो ‘बेस्ट बिजनेस स्ट्राटेजी अफ द इयर’ अवार्ड

काठमाडौं – अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सलाई...

आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्धार भेइकल हस्तान्तरण

आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्धार भेइकल हस्तान्तरण

काठमाडौँ – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले राष्ट्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...