८० प्रतिशत फाइनान्समा दोस्त एलसीभी लिन सकिने, ३ ईएमआई फ्रि

काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले ‘आईएमई स्वरोजगारी अभियान’ को घोषणा गरेको छ ।

यस अन्तर्गत विना धितो कुनै पनि एलसीभी वा दोस्त सिरिजको गाडी ८० प्रतिशत सम्मको फाइनान्स सुविधामा खरिद गर्न सकिने छ । त्यसैगरी आकर्षक ब्याजदरमा प्राप्त हुने सो सुविधामा ग्राहकले ३ महिना सम्म ईएमआई तिर्नु नपर्ने व्यवस्था समेत हुनेछ ।

हाल ड्राइभिङ पेशामा संलग्न रहेका, तर आफ्नो कार्यबाट सन्तुष्ट नभएका र आफ्नै व्यवसाय संचालन गर्न चाहने व्यक्तिहरुलाई लक्ष्यित गरेर यो योजना ल्याइएकाले यसलाई ‘गुरुजीबाट साहुजी’ योजना भनिएको छ ।

त्यसैगरी विदेशबाट फर्केका र आफैले केही व्यवसाय गर्न चाहनेहरुका लागि पनि यो योजना लाभदायी हुनेछ । कुनै कारणबस जागिर छुटेको र आफै केही गर्न चाहने तथा हाल भइरहेको आफ्नो व्यवसायलाई विस्तार गर्न चाहनेहरुका लागि समेत यो योजना लाभदायक हुनेछ ।

यो अफर सीमित संख्यामा उपलब्ध हुने दोस्त एलसीभीका लागि उपलब्ध हुनेछ । दोस्त एलसीभी नेपाली बजारमा उपलब्ध सबैभन्दा राम्रो र धेरै माइलेज दिने एलसीभी भएको कम्पनीको दाबी छ । देशभर २० आधिकारिक वर्कशप आउटलेटमार्फत बलियो ग्राहक सेवा प्रदान गर्दै आइरहेको अशोक लेल्यान्ड गाडीका पार्ट्स पनि सहजताका साथ पाउन सकिन्छ ।

अफर सार्वजनिक गर्दै आईएमई मोटर्सका सीईओ हेमन्त पुरानिकले भने, ‘सबै ड्राइभर र बेरोजगार व्यक्तिहरुका लागि यो एउटा सुवर्ण मौका हो, जसले आफ्नै ढुवानी व्यवसाय गरेर मालिक बन्न चाहनुहुन्छ । ८० प्रतिशत सम्मको फाइनान्स सुविधा र ३ ईएमई फ्रिको व्यवस्था हाल उपलब्ध सबैभन्दा राम्रो अफर हो, जुन जिन्दगीमा एक पटक मात्र आउछ । तपाईको प्रगति, हाम्रो चाहना भन्ने थिमसँग यसको संयोजन मिलेको छ । यो अफर केही गाडीमा मात्र उपलब्ध हुने भएकाले गाडी बुकिङ गरेर अफरको फाइदा लिन म हार्दिक अनुरोध गर्दछु ।’

आफ्नो नजिकै रहेको अशोक लेल्यान्डको सोरुममार्फत वा ९८०२०५७०७० मा कल गरेर गाडी बुकिङ गर्न सकिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

अशोक लेल्यान्डको बस वा ट्रक/टिपर किन्दा -याफ्ट इलेक्ट्रिक स्कुटर, सुन वा सिंगापुर टुरको अफर

अशोक लेल्यान्डको बस वा ट्रक/टिपर किन्दा -याफ्ट इलेक्ट्रिक स्कुटर, सुन वा सिंगापुर टुरको अफर

काठमाडौं – नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर...

उपहार छानेर लिन पाइने अशोक लेल्याण्डको दशैं अफर

उपहार छानेर लिन पाइने अशोक लेल्याण्डको दशैं अफर

काठमाडौं– अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले...

ट्रकको पछाडि लेखिएको ट्रक साहित्यको फोटो खिच्दा आइफोन जित्ने अवसर

ट्रकको पछाडि लेखिएको ट्रक साहित्यको फोटो खिच्दा आइफोन जित्ने अवसर

काठमाडौं – अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक वितरक आईएमई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...