आईएमई मोटर्ससँग जोडिएर ढुक्क रहन सीईओ हेमन्त पुरानिकको आग्रह

हेमन्त पुरानिक आईएमई मोटर्सका सीईओ अर्थात प्रमुख कार्यकारी अधिकृत हुन् । रेमिट्यान्सको क्षेत्रमा चिरपरिचित आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई मोटर्सले नेपाली बजारमा हाल अशोक लेल्यान्डका सवारी साधन र एस्कर्ट्स ब्रान्डका हेभी इक्विपमेन्ट बिक्री–वितरण गरिरहेको छ ।

नेपाली अटोमोबाइल व्यवसायमा विगत १० वर्ष देखि सक्रिय रहेका उनी मेकानिकल इन्जिनियर हुन् भने व्यवस्थान सम्बन्धी एमबीए डिग्री समेत गरेका छन् । भारतको इंदौर जन्मिएका पुरानिक ६ वर्ष सम्म टाटा’ मोटर्सको नेपालमा कन्ट्री म्यानेजर थिए । त्यसपछि केही समय दीगो इलेक्ट्रिक भेइकल व्यवसायमा जोडिएका उनी करिव ९ महिना देखि सीईओको रुपमा आईएमई मोटर्ससँग जोडिएका हुन् ।नेपाली बजारमा राम्रो ब्रान्ड भित्र्याएर पनि सशक्त उपस्थिति जनाउन नसकिरहेको समयमा आईएमई मोटर्सको पहिचानलाई माथि उठाउने प्रतिवद्धताका साथ उनी सीईओ बनेका थिए । हाल उनको कार्यले  सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ ।

आएमई मोटर्स प्रवेश गरे पश्चात हेमन्तले केही नयाँ योजना बनाए । उनले ग्राहक सन्तुष्टि बढाउने मात्र होइन, आफ्नो टिमलाई कसरी उत्प्रेरित गर्ने भन्ने वारेमा समेत अध्ययन गरे । उनी भन्छन्, ‘सवारी साधन उत्पादनकर्ता कम्पनीसँग कसरी सहकार्य गर्ने र नयाँ तरिकाले कसरी व्यवसाय सञ्चालन गर्ने बिक्रि पछिको सेवा मार्फत ग्राहक सन्तुष्टि भन्ने वारेमा छलफल गरे । यस्तै र अन्य धेरै साना साना कुराहरुमा समेत ध्यान दिन थाले ।’

पछिल्लो समयमा आएमई मोटर्सले सवारी साधनको बिक्रीमा वृद्धि गर्न  सफल भएको छ । उनका अनुसार पहिले कमर्सियल सवारी साधनको बजारमा अशोक लेल्यान्ड पाँचौ नम्बरमा रहेकोमा हाल दोस्रो नम्बरमा पुगेको छ । उनी भन्छन् , ‘बजार हिस्सा र दर्जा दुवै हिसाबले यो ‘ह्युज जम्प’ हो ।’ यसमा अशोक लेल्यान्डका सवारी साधन आफैको र आईएमई मोटर्स टिम एवं ग्राहकको हामीप्रति बढेको विश्वासको समेत विशेष भूमिका छ ।’

नेपाली बजारमा अशोक लेल्यान्डका फुल रेन्जका कमर्सियल भेइकल उपलब्ध छन् । लाइट कमर्सियल भेइकलदखि लिएर ट्रक र टिपर जस्ता हेभी कमर्सियल भेइकलसम्म उपलब्ध छन् । लाइट कमर्सियल भेइकलमा दोस्त पिकअप प्रचलित छ । विभिन्न कार्यका लागि उपयोग गर्न सकिने यसका फरक फरक मोडल उपलब्ध छन् । सामान ओसार्नका लागि यसको प्रयोग हुन्छ । त्यसैगरी कम्पनीबाटै जडान भएको अर्थात इबिल्ड कन्टेनर भएको सवारी साधन समेत उपलब्ध छ । रेफ्रिजेरेसन सुविधा सहितको गाडीमा अशोक लेल्यान्ड पायोनियर नै हो । हालै गार्बेज ट्रक समेत उपलब्ध गराएको छ । पानी बोक्ने ट्यांकर, एम्बुलेन्स  यस्ता धेरै भेराइटी लाइट कमर्सियल भेइकलमा उपलब्ध छन् ।

लाइट कमर्सियलमै दोस्त एक्सप्रेस नामक १३ सिटर भ्यान उपलब्ध छ । यसको माइलेज १९=६ किलोमिटर प्रति लिटर छ, जुन क्याटागोरीमै बेस्ट हो । त्यसैगरी ट्रक, टिपर आदि इन्टरमिडियट कमर्सियल भेइकल छन् । यो बाहेक  ठूला ट्रक र टिपर समेत छन् । नेपाली बजारमा उपलब्ध २५१८ मोडलको दस चक्के टिपर निकै नै लोकप्रिय सवारी साधन हो । हालै क्याप्टेन २५२३ टिपर नेपाली बजारमा उपलब्ध भएको छ र यो नेपाली बजारमा उपलब्ध सबैभन्दा राम्रो टिपर बनेको छ । यो भन्दा ठूला १२ चक्के, १ ४ चक्के ट्रक पनि नेपाली बजारमा उपलब्ध छन् । २२ चक्के ट्रक पनि भित्र्याउने योजना छ ।

बसको पनि फुल रेन्ज उपलब्ध छ । भाइकिङ २२२ बस नेपाली बजारमा उपलब्ध सबैभन्दा राम्रो बस हो । यो निकै नै लोकप्रिय र आरामदायी तथा बढी माइलेजयुक्त छ । पर्यटकीय क्षेत्रमा यसको धेरै प्रयोग हुन्छ ।

अशोक लेल्यान्डका सवारी साधन भरपर्दा छन् । यी गाडी बलिया छन् र नेपाल जस्तै पहाडी भुभागका लागि एकदमै उपयोगी छन् । नेपाली सडकमा यी गाडीको पर्फमेन्स निकै नै राम्रो छ । यो अवस्थामा प्रोडक्ट मार्केटिङ गर्नुका साथै आफ्टर सेल्स सपोर्टमा पनि विशेष सुधार गरेको पुरानिक बताउँछन् । यो भन्दा पहिले पार्ट्स सपोर्टमा केही समस्या थियो । यसलाई पुरै समाधान गरिएको र हाल अशोक लेल्यान्डका पार्ट्स सहजै तरिकाले सबै स्थानमा पाउन सकिने उनी बताउछन् ।

हाल देशभर अशोक लेल्यान्डका रिटेल पार्ट्स आउटलेट खुलेका छन् । उनी भन्छन्, ‘अहिले पनि हाम्रो पार्ट्स व्यवसायमा जोडिन चाहने सबैलाई हामी स्वागत गर्छौ ।’ त्यसैगरी देशभर विभिन्न स्थानमा वर्कसप स्थापना गर्नुका साथै लोकल मेकानिक्सहरुलाई समेत तालिम प्रदान गरेको छ । भन्छन्, ‘यसबाट कम्पनी, मेकानिक्स, कर्मचारी सबैको कन्फिडेन्स लेवल बढेको छ । गाडी आफैमा राम्रो हुनु, पार्ट्स प्रशस्तै मात्रामा उपलब्ध हुनु, आफ्टर सेल्स सर्भिस सहज तरिकाले उपलब्ध हुनु आदि सबैका कारण गाडीको बिक्रीमा उल्लेखनिय वृद्धि भएको छ।’

यसमा प्रिन्सिपल कम्पनी र आएमई मोटर्सका कर्मचारी टिमको सहयोगको समेत उल्लेखनिय भूमिका छ । कम्पनीको बोर्ड अफ डाइरेक्टरले उत्तिकै सहयोग गरेको छ । ९ महिनाको अवधिमा टिम बिल्डिङ राम्रो तरिकाले भएको र सबै पक्षबाट उत्तिकै सहयोग भएर सहकार्यको वातावरणमा वृद्धि भएकाले समग्रमा व्यापार पनि राम्रो भएको उनको बुझाई छ । राम्रो प्रोडक्ट, राम्रो टिम, राम्रो सेवा र ग्राहकको राम्रो प्रतिक्रियाका कारण आगामी दिनमा एक नम्बरमै उक्लिने तयारीका साथ कार्य गरिरहेको उनले बताए ।

हेभी इक्विपमेन्ट बजारमा ९ महिना पहिले चौथो नम्बरमा रहेकोमा हाल एस्कर्ट्स दोस्रो नम्बरमा आएको पुरानिक बताउछन् । नेपाली बजारमा एस्कर्ट्सका ब्याकहो लोडर, क्रेन र कम्प्याक्टर गरी तीन सेगमेन्टका इक्विपमेन्ट छन् । क्रेन बजारमा आफूहरु नम्बर एक पोजिसनमा रहेको उनले बताए । क्रेन बजारमा ८० प्रतिशत भन्दा बढी बजार हिस्सा छ । एस्कर्ट्सको क्रेन किन्नका लागि पर्खिन पनि ग्राहक तयार रहने गरेको उनले बताए ।

सबै भुभागमा पुग्न सक्नु, राम्रो सेल्स टिम, पार्ट्सको उपलब्धता, डिलर र रिटेलरको नेटवर्क आदिले यो सबै सम्भव भएको हो । यद्यपि हेभी इक्विपमेन्ट  क्षेत्रमा अझै गर्न सकिने सम्भाव्यता धेरै छ । उनी भन्छन्, ‘हामी यो क्षेत्रमा पनि नम्बर वान बन्ने लक्ष्यका साथ कार्य गरिरहेका छौ ।’

यी सबै कार्यका लागि सबैभन्दा महत्वपूर्ण भूमिका आफ्नो टिमको रहेको उनको स्वीकारोक्ति छ । कडा मेहनत, सबै भुभागमा पुगेर ग्राहकसँग अन्तरक्रिया गर्न सक्ने क्षमता, डिलर र वर्कसपसँगको सम्बन्ध निर्माण आदि कार्यमा टिमका सदस्यहरुको विशेष भूमिका छ । यद्यपि टिमलाई केही मात्रामा पुनर्संरचना गर्ने कार्यमा भने आफ्नो भूमिका हुन सक्ने उनी बताउछन् । भन्छन्, ‘कुन व्यक्तिले के काम गर्न सक्छ भन्ने पहिचान गरेर त्यसै अनुसारको जिम्मेवारी दिने कार्य गरियो । त्यसैगरी टिमलाई फैलाउने कार्य पनि गरियो । साथसाथै डिलर, रिटेलर, ब्रान्च आदि थप गर्ने कार्य गरियो । र, मुख्य कुरा आफ्टर सेल्स सपोर्टलाई पनि सुधार गरियो । धेरै मेकानिक्सलाई तालिम दिइएको छ । यसले गर्दा कस्टमरको कन्फिडेन्स लेवल पनि बढ्यो । अनि पार्ट्सको उपलब्धता अर्को महत्वपूर्ण पक्ष हो । चाहिएको पार्ट्स उपलब्ध छ र कहिलेकाहि नपाएको खण्डमा पनि एक दुई दिनमै भारतबाट मगाएर उपलब्ध गराउने गरिएको छ ।’

मेकानिक्सहरुको अनगोइङ ट्रेनिङ सधै चल्ने गर्छ । बालाजुमा मेकानिक्स ट्रेनिङ स्कुल नै सञ्चालित छ । भारतमा रहेको ट्रेनिङ सेन्टरमा समेत ट्रेनिङ हुने गरेको छ । नेपालमै आएर पनि विभिन्न सहरमा पुगेर तालिम दिने गरेका छन् ।

यी सबैका कारण अशोक लेल्यान्ड र एस्कर्ट्स दुवै ब्रान्डको विश्वसनियतामा वृद्धि भएको उनले बताए । यो अवधिमा दुवै ब्रान्डका केही नयाँ प्रोडक्ट पनि नेपाली बजारमा उपलब्ध भए । एस्कर्ट्सको डीम्याक्स३ लन्च भयो । कोभिडका कारण भव्य मात्रामा लन्च नगरे पनि यसको वारेमा ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त भएको छ । रिलन्च गरिएको अशोक लेल्यान्डको दोस्त एक्सप्रेसको वारेमा पनि राम्रो प्रतिक्रिया प्राप्त भएको छ ।

आईएमई मोटर्सको आफ्नै व्यावसायिक मान्यता छ । गाडी बिक्री गर्दा धेरै डिस्काउन्ट र क्रेडिट दिने कम्पनीको योजना छैन । यदि धेरै मात्रामा डिस्काउन्ट र क्रेडिट दिने हो भने बिक्री धेरै हुन सक्छ । उनी भन्छन्, ‘हामी बिक्रीको गुणस्तरमा ध्यान केन्द्रीत गर्छौ । हामीसँग रिलायबल प्रोडक्ट भएकाले त्यसै अनुसारको बिक्री योजना लागू गरेका छौ । स्मार्टफोन बजारमा एप्पलको आफ्नै गुणस्तर भए जस्तै हाम्रो प्रोडक्टको पनि आफ्नै फरक विशेषता छ । यही नै हाम्रो पहिचान हो ।’

हाल देशभर १७ टच प्वाइन्टमार्फत सेवा प्रदान गरिरहेको आएमई मोटर्सले भविष्यमा प्रत्येक पचास किलोमिटरमा सेवा उपलब्ध गराउने योजना बनाएको छ ।

अशोक लेल्यान्ड र एस्कर्ट्स दुवै प्रतिष्ठित कम्पनी भएका र विश्वका धेरै देशमा यी कम्पनीका उत्पादन उपलब्ध छन् । त्यसैगरी आईएमई ग्रुप नेपालको एक प्रतिष्ठित संस्था हो । आईएमई ग्रुप अन्तर्गतको आईएमई मोटर्सले अशोक लेल्यान्ड र एस्कर्ट्स ब्रान्डका लागि राम्रो टिम, राम्रो सर्भिस नेटवर्क र राम्रो आफ्टर सेल्स सर्भिसको प्रतिवद्धता उपलब्ध गराएको छ । यसकारण यी कम्पनीका उत्पादन प्रयोग गर्नु आफैमा आत्म सन्तुष्टि प्राप्त गर्नु पनि हो । त्यसैले त सीईओ हेमन्त पुरानिक भन्छन्, ‘राम्रो ग्रुपसँग जोडिनुस्, राम्रो कस्टमर सर्भिस लिनुस् र ढुक्क रहनुस ।’

सम्बन्धित समाचारहरू

अटोमोबाइल कम्पनीमा सीईओे राख्ने ट्रेन्ड बढ्दो, यी हुन् हालका चर्चित सीईओे

अटोमोबाइल कम्पनीमा सीईओे राख्ने ट्रेन्ड बढ्दो, यी हुन् हालका चर्चित सीईओे

नेपालमा प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा मात्र सीईओे अर्थात प्रमुख...

आईएमईले सम्पन्न ग-यो रक्तदान, रक्तदान वारेमा सचेतना र प्रोत्साहन

आईएमईले सम्पन्न ग-यो रक्तदान, रक्तदान वारेमा सचेतना र प्रोत्साहन

काठमाडौं – आईएमई अटोमोबाइल डिभिजनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।...

८० प्रतिशत सम्मको फाइनान्स सुविधामा अशोक लेल्यान्डका गाडी खरिद गर्न सकिने

८० प्रतिशत सम्मको फाइनान्स सुविधामा अशोक लेल्यान्डका गाडी खरिद गर्न सकिने

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले अधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...