सवारी परीक्षण कार्यालयका कर्मचारीलाई अनियमितताको आरोप, जिम्मेवारीबाट हटाउँदै छानबिन समिति गठन
काठमाडौँ – सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर...
सडकमा सुरक्षित रूपमा कार चलाउन ट्राफिक नियमका साथै कारको ह्यान्डब्रेकको सही उपयोगको बारेमा पनि राम्रो जानकारी हुनुपर्छ । आपत्कालीन अवस्थामा कारको ब्रेकले काम गर्न छोड्यो भने ह्यान्डब्रेकले ठुलो दुर्घटना हुनबाट जोगाउन मद्दत गर्छ । ह्यान्डब्रेकको सही प्रयोग गरियो भने यसले कारलाई चिप्लन, घुम्न र पल्टिनबाट जोगाउन सक्छ ।
सामान्यतया ह्यान्डब्रेक दुई तरिकामा प्रयोग गरिन्छ। पहिलो कार पार्किङ गर्दा र दोस्रो आपत्कालीन अवस्थामा ब्रेक फेल भएपछि अचानक कार रोक्नु परेमा ।
ह्यान्डब्रेक अत्यावश्यक परेको बेला मात्र प्रयोग गर्नुपर्छ । तीव्र गतिमा गुडिरहेको कारमा ह्यान्डब्रेक कहिल्यै प्रयोग गर्नु हुँदैन। यसो गर्नाले कारको पछाडिको पाङ्ग्रा लक हुन्छ र गाडी अनियन्त्रित हुन्छ । धेरै पटक यसो गर्दा गाडी पल्टिन्छ । त्यसैले गाडीको गति कम भएपछि मात्र ह्यान्डब्रेकको प्रयोग गर्नुपर्छ ।
यसबाहेक गाडीको ब्रेकले काम गर्न छाडेमा मात्र ह्यान्डब्रेकको प्रयोग गर्नुपर्छ । आपत्कालीन अवस्थामा ह्यान्डब्रेक लिभर तान्नुपर्छ र ह्यान्डब्रेक बटन थिच्नुपर्छ । तर, यो समयमा कारलाई एक्कासि चिप्लिनबाट जोगाउनुहोस्, अन्यथा कारभित्र बसेका व्यक्ति घाइते हुन सक्छन् ।
सडकमा ह्यान्डब्रेकको प्रयोग गर्न आवश्यक परेमा पहिला कारको स्टेयरिङ बिस्तारै घुमाउनुहोस् र आफ्नो आँखा सडकमा राख्नुहोस्। ह्यान्डब्रेक लगाएर कार रोकिएपछि सबैभन्दा पहिले कारको हाजार्ड लाइट अन गर्नुहोस्। जसले गर्दा सडकमा गुड्ने अन्य सवारीसाधनलाई सचेत रहन सङ्केत मिलोस् । तर, यस समयमा गाडीलाई सुरक्षित स्थानमा पार्क गर्ने प्रयास गर्नुहोस्, ताकि अन्य सवारी साधनहरूले कुनै प्रकारको समस्याको सामना गर्नु नपरोस्। यसबाहेक, योग्य मेकानिकबाट कारको ब्रेकिङ सिस्टम जाँच गर्नुहोस्।
काठमाडौँ – सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर...
काठमाडौं– काठमाडौं महानगरपालिकाले केही सडकलाई आजदेखि एकतर्फी (वान–वे)...
कास्की – पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...