३ लाख फरक मूल्यमा हुन्डाईको इलेक्ट्रिक कार कोना र कोना फेसलिफ्ट : यस्ता छन् ८ फरक
नेपाली बजारमा केही समय पहिले हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट...
हुन्डाईको तेस्रो पुस्ताको लोकप्रिय एसयूभी क्रेटा फेरि एकपटक चर्चामा आएको छ। हालै दक्षिण कोरियामा परीक्षणका क्रममा नयाँ क्रेटाको इन्टेरियर तस्बिर बाहिर आएको छ, जसले यसको क्याबिन पहिलेभन्दा धेरै आधुनिक, प्रिमियम र आरामदायी हुने संकेत दिएको छ ।
तस्बिरअनुसार नयाँ क्रेटामा पूर्ण रूपमा नयाँ इन्टेरियर डिजाइन हुनेछ। यसमा क्याबिनको डिजाइन होरिजेन्टल र प्रिमियम अनुभूति दिन्छ । साथै भित्री ढोकाका ह्यान्डलहरूमा पनि नयाँ डिजाइन दिइएको छ। अघिल्लो मोडलको तुलनामा यी ह्यान्डलहरू सरल तर आकर्षक देखिन्छ ।
यसको फ्रन्ट सिटको हेडरेस्टको डिजाइन नयाँ पुस्ताको किया सेल्टोससँग धेरै हदसम्म मिल्दोजुल्दो देखिन्छ। पछाडिको सिटमा पनि केही परिवर्तन गरिएको छ । नयाँ क्रेटामा पछाडिको लेगरूम पहिलेभन्दा बढी हुने अपेक्षा गरिएको छ । साथै पछाडिको एसी भेन्ट नयाँ मोडलमा पनि कायम रहने देखिन्छ ।
हुन्डाईले यसअघि नै तेस्रो पुस्ताको क्रेटालाई २०२७ को सुरुमा लन्च गर्ने संकेत दिएको थियो। तर पछिल्ला रिपोर्टका अनुसार कम्पनीले यसलाई २०२६ को मध्यतिर लन्च गर्न सक्ने अनुमान गरिएको छ।
नेपाली बजारमा केही समय पहिले हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट...
हुन्डाई मोटर्सले यो वर्ष निकै आक्रामक रुपमा आफ्नो उत्पादन भारतमा लन्च...
नेपाली बजारमा इलेक्ट्रिक कारको चर्चा गर्दा जहिले पनि हुन्डाई, एमजी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...