बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – अब नेपालमा बसभित्रै आइसीटी कक्षा सञ्चालनमा आउने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले दक्षिण कोरियाली सरकारको सहयोगमा इन्फरमेसन एक्सेस सेन्टर अन्तर्गत बसभित्रै आइसीटी कक्षा सञ्चालनमा ल्याउन लागेको हो ।
२०७८ बाट सञ्चालनमा आउने यो सेवाका लागि कोरियाली सरकारले ठूलो मोडलको बसमा आइसीटी कक्षा बनाएर नास्टलाई दिँदै छ । उक्त बसलाई आवश्यक परेको अवस्थामा जुनसुकै ठाउँमा पनि लैजान सकिने नास्टले जनाएको छ । उक्त बसमा विज्ञान, कृषि, स्वास्थ्य लगायतका विधलाई समेटेर पूर्वाधार तयार गरिएको छ । त्यसैले विद्यार्थीले चाहेको अवस्थामा देशको जुनसुकै स्थानमा लगेर अध्ययन अनुसन्धान गर्न सक्छन् ।
यो बसमा २५ जनाभन्दा बढी विद्यार्थी बसेर अध्ययन गर्न सक्नेछन् । बसभित्र कम्प्युटर, ल्याब, इन्टरनेटको समेट सुविधा हुने छ । साथै, कोरिया सरकारले नास्टले बनाएको नयाँ टेक्नोलोजी भवनभित्र इन्फरमेसन एक्सेस सेन्टर निर्माण गर्ने छ । उक्त सेन्टरमा आइसीटी कक्षाका लागि आवश्यक पर्ने प्रयोगशाला, कन्फ्रेन्स हल लगायतका सुविधा हुनेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...