आइसीई र इलेक्ट्रिक विकल्प भएको भारतको पहिलो कार टाटा कर्भको पेट्रोल र डिजेल संस्करण लन्च

टाटा मोटर्सले कर्भको पेट्रोल र डिजेल भेरिएन्ट लन्च गरेको छ । सो टाटा कर्भ कुल ८ भेरिएन्टमा प्रस्तुत गरिएको छ । यसको इन्ट्री लेभल पेट्रोल भेरिएन्टको मूल्य १० लाख र डिजेल भेरिएन्टको मूल्य ११ लाख ५ हजार भारुमा लन्च गरिएको हो ।

यसअघि टाटाले कुपे एसयूभी कर्भको इलेक्ट्रिक संस्करण १७ लाख ४९ हजार प्रारम्भिक मूल्यमा लन्च गरेको थियो । सो एसयूभी इलेक्ट्रिक, पेट्रोल र डिजेल इन्जिन विकल्प भएको भारतको पहिलो कार हो । साथै यो भारतको पहिलो कुपे एसयूभी पनि हो ।

सो कुपे एसयूभीको बुकिङ पनि सुरु भइसकेको छ र सेप्टेम्बर १२ देखि यसको डेलिभरी सुरु हुनेछ । कर्भले नयाँ सिट्रोन बसाल्ट कुपे एसयूभीका साथै हुन्डाई क्रेटा, किया सेल्टोस, सुजुकी ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, होन्डा एलिभेट, एमजी एस्टर र स्कोडा कुशाक जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सो एसयूभी नयाँ एटलस प्लेटफर्ममा आधारित छ । नयाँ कर्भ १२० एचपी र १७० एनएमको टर्क जेनेरेट गर्ने १.२ लिटर तीन सिलिन्डर टर्बो पेट्रोल इन्जिन, ११८ एचपी पावर जेनेरेट गर्ने १.५ लिटर डिजेल इन्जिन र नयाँ १.२ लिटर डाइरेक्ट इन्जेक्सन टर्बो पेट्रोल ‘हाइपेरियन’ इन्जिन गरी ३ इन्जिन विकल्पमा रहेको छ ।

यसमा जेस्चर कन्ट्रोल, १८ इन्च अलोय ह्विल, फ्लस डोर ह्यान्डल, १२.३ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फुल्ली डिजिटल ड्राइभर डिस्प्ले, पानोरामिक सनरुफ, रिक्लिनिङ रियर सिट र भेन्टिलेटेड फ्रन्ट सिट सहितको सेगमेन्ट फर्स्ट पावर्ड टेलगेट फिचर समावेश छ ।

सेफ्टीका लागि कर्भमा ६ एयरब्याग, लेभल २ एडीएएस, ईएससी, फोर ह्विल डिस्क ब्रेक, टीपीएमएस, ३६० डिग्री क्यामेरा, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा एक्सप्रेस–टी ईभी फ्लिट पार्टनरलाई सिप्रदी ट्रेडिङको सम्मान

नाडा अटो शोमा एक्सप्रेस–टी ईभी फ्लिट पार्टनरलाई सिप्रदी ट्रेडिङको सम्मान

काठमाडौं–नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पु-याउँदै...

भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतीय बजारमा हालै लन्च भएको टाटाको नयाँ इलेक्ट्रिक कार पन्च ईभी अहिले...

टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सआफ्नो पोर्टफोलियो बलियो बनाउने योजनामा ​​छ । टाटाले अब ३ नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...