भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम
बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...
काठामाडौं–आईकार भी२३ को नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले एकैपटक देशका प्रमुख ८ सहरमा भी२३ लन्च गरेको छ ।
कम्पनीले विहिबार बिर्तामोड, विराटनगर, वीरगंज, बुटवल, दाङ, सुर्खेत, नेपालगंज र धनगढीमा आफ्नो नयाँ लाइफस्टाइल इलेक्ट्रिक एसयुभी आईकार भी२३ लाई एकसाथ लन्च गरेको हो ।
उक्त लन्चले नेपाली अटोमोबाइल इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गरेको कम्पनीले बताएको छ । यस कारको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
क्लासिक डिजाइन र आधुनिक प्रविधिको संगम आईकार भी२३ एक रेट्रो प्रेरित, पूर्ण इलेक्ट्रिक अफ–रोड एसयुभी हो, जसले क्लासिक रफ डिजाइन र अत्याधुनिक प्रविधिलाई सन्तुलित रूपमा प्रस्तुत गर्दछ ।
यसमा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ४०१ किमी (सिएलटीसी) सम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
आकर्षक ‘बक्सी’ लुक्स, क्लासिक गोलो हेडलाइट र २१० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले यसलाई सहर र अफ–रोड दुवैका लागि उपयुक्त बनाएको छ । गाडीमा १३.२ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले र सुरक्षाका लागि लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जडान गरिएको छ ।
हाल नेपालभर १८ भन्दा बढी नेटवर्क टच पोइन्ट र २१ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरिसकेको एसपिजी अटोमोबाइल्सले नेपालमा ’ग्रीन इनर्जी’ सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । प्रि–बुकिङ गरेका ग्राहकका लागि देशभरका शोरुम र आधिकारिक डिलरहरूमार्फत गाडीको डेलिभरी तुरुन्तै सुरु गरिने कम्पनीले बताएको छ ।
बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...
काठमाडौं–जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुँदै आएको ईभी ब्रान्ड...
चांगन अटोको हालै सम्पन्न विश्वव्यापी साझेदारी सम्मेलनमा नयाँ उर्जा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...