भेन्यु पछि आई १० र क्रेटा पनि नेपालमै एसेम्बल हुने

काठमाडौं – लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाई भेन्यु बजारमा उपलब्ध गराए पश्चात आगामी दिनमा हुन्डाईका अन्य दुुई मोडल आई १० र क्रेटा पनि एसेम्बल गर्ने भएको छ । कम्पनीले नवलपरासीको रामग्रामस्थित एसेम्बली प्लान्टबाट उत्पादन गरिएको हुन्डाई भेन्यु सार्वजनिक गरेको छ ।

पहिले देखि नै नेपाली बजारमा हुन्डाईका सवारी साधन उपलब्ध गराउदै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल वास्तवमा लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो । अब नेपालमै सवारी साधन उत्पादन गर्ने लक्ष्यका साथ लक्ष्मी ग्रुपले लक्ष्मी मोटर कर्पोरेसनको स्थापना गरेको छ र सो प्लान्टको सञ्चालन लक्ष्मी मोटर कर्पोरेसनले नै गरिरहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार करिव एक वर्षभित्रै अन्य गाडीको एसेम्बल पनि शुरु हुनेछ । यसो भएमा नेपाली ग्राहकले यही एसेम्बल भएका हुन्डाईका गाडी चढ्न पाउने छन् ।

यी सवारी साधनको सफलता मापन पश्चात मात्र भविष्यमा विद्युतीय गाडी समेत एसेम्बल गर्न सकिने कम्पनीको भनाइ छ । हाल हुन्डाईले नेपालमा कोना र आयोनिक ५ विद्युतीय गाडी बिक्री गरिरहेको छ ।

नवलपरासीको परासीमा रहेको लक्ष्मी मोटर कर्पोरेसनद्वारा संचालित हुन्डाई भेइकल एसेम्बली प्लान्ट १० बिघा क्षेत्रफलमा फैलिएको छ । वार्षिक ५ हजार कार उत्पादन गर्ने क्षमता भएको सो प्लान्टमा हाल एसेम्बली सप र टेस्ट लाइनको कार्य भइरहेको छ ।

कुनै पनि सवारी साधन उत्पादन गर्नका लागि पाँच चरण पुरा गर्नुुपर्छ । ती पाँच चरण मध्ये पहिलो चरण प्रेस सप अर्थात स्ट्याम्पिङ, दोस्रो चरण बडी सप अर्थात वेल्डिङ र तेस्रो चरण पेन्ट सप हो । पहिलो चरणमा स्ट्याम्पिङ गरेर आवश्यक पार्ट्स तयार गरे पछि त्यसलाई जोड्ने अर्थात वेल्डिङ कार्य गरिन्छ । त्यसैगरी तेस्रो चरणमा पेन्ट सप अर्थात पेन्टिङ कार्य गरिन्छ ।

चौथो चरणमा एसेम्बली सप र पाँचौ चरणमा टेस्ट लाइन कार्य हुन्छ । नेपालमा हाल यही चौथो र पाँचौ चरणको कार्य हुने गरेको छ । कोरिया र भारतमा पहिलो तीन चरण पार गरेर ल्याइएका इन्जिन, बडी र विभिन्न पार्ट्सलाई एसेम्बल गर्ने र अन्तिममा टेस्ट गर्ने कार्य यहाँ हुने गरेको छ ।

यसका लागि प्लान्ट भित्र मेन एसेम्बली लाइन, सब एसेम्बली लाइन, टेस्ट लाइन, १.१ किलोमिटर लामो रोड टेस्ट ट्रयाक, वाटर सावर टेस्ट बुुथ र फाइनल इन्स्पेक्सन जस्ता एसेम्बली फ्यासिलिटी रहेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको सबैभन्दा ठूलो ईभी ‘स्टारिया’ सार्वजनिक, २० मिनेटमै ८० प्रतिशत चार्ज हुने

हुन्डाईको सबैभन्दा ठूलो ईभी ‘स्टारिया’ सार्वजनिक, २० मिनेटमै ८० प्रतिशत चार्ज हुने

हुन्डाईले ब्रसेल्स मोटर शोमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो ईभी...

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई...

हुन्डाई सन्ता-फेलाई ‘कार अफ दि इयर २०२५’ अवार्ड

हुन्डाई सन्ता-फेलाई ‘कार अफ दि इयर २०२५’ अवार्ड

काठमाडौं– हुन्डाईको प्रिमियम एसयुभी सन्ता-फेले ‘कार अफ दि इयर २०२५’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...