साउदी अरवले १० वर्षमा १ लाख युनिट लुसिड ब्रान्डको इलेक्ट्रिक कार खरिद गर्ने
साउदी अरवले १० वर्षभित्र १ लाख युनिटसम्म इलेक्ट्रिक कार खरिद गर्न लुसिड...
हुन्डाई अयोनिक ५ ले वेलायतमा यो वर्षको ‘कार अफ दि इयर’ अवार्ड पाएको छ । सन् २०२० मा लन्च भएयता यो कारले बेलायतमा अन्य थुप्रै अवार्ड समेत पइसकेको छ । अघिल्लो बर्ष अटो एक्सप्रेसले आयोजना गरेको अवार्ड समारोहमा पनि यसले मिडसाइज कार, प्रिमियम इलेक्ट्रिक कार र डिजाइन क्याटागोरीमा कार अफ दि इयर अवार्ड पाएको थियो ।
न्यूज युके मोटर अवार्डमा यो इलेक्ट्रिक कारले वेस्ट डिजाइन कार अफ दि इयर २०२१ र आरामदायी सिट तथा भेहिकल टु लोड फिचर्सका कारण मोटोरिङ इनोभेसन अफ दि इयर अवार्ड समेत पाएको थियो । यो कारले यसै बर्ष कारवायर वेस्ट कार अवार्ड, वेस्ट कम्पनी कार, वेस्ट फेमिली इलेक्ट्रिक कार र प्रिमियम इभी अफ दि इयरको उपाधी समेत पाएको छ ।
यो इलेक्ट्रिक कारको सबैभन्दा आकर्षक पक्षका रुपमा यसमा दिइएको भविष्यमा आधारित आकर्षक डिजाइनलाई लिइएको छ । सिल्की स्टायलको यो कारलाई हुन्डाई मोटर्सले इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा निर्माण गरेको हो । युरोपिन स्पेकको यो कारलाई एकपटक फुल चार्ज गरेपछि २९८ माइल कुदाउन सकिन्छ भने फास्ट चार्जरको साहयतामा १८ मिनेट भित्रै १० देखी ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ ।
नेपाली बजारमा हालासलै भित्रिएको यो प्रिमियम इलेक्ट्रिक कारलाई यहाँका इभी पारखीले समेत निकै रुचाएका छन् । यो कारको मूल्य नेपाली बजारमा ८० लाख ९८ हजार र ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
साउदी अरवले १० वर्षभित्र १ लाख युनिटसम्म इलेक्ट्रिक कार खरिद गर्न लुसिड...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा ११० वटा विद्यु्तीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...