हुन्डाई एक्सटरको स्पेसिफिकेसन सार्वजनिक : ४० बढी सेफ्टी फिचर र सबै भेरिएन्टमा ६ एयरब्याग

हुन्डाई मोटर इन्डियाले एक्सटरको स्पेसिफिकेसन सार्वजनिक गरेको छ । एक्सटर सबै भेरिएन्टमा ६ एयरब्याग समावेश भएको भारतको पहिलो सब ४ मिटर एसयूभी भएको कम्पनीको दाबी छ । कारमा ४० भन्दा बढी सेफ्टी फिचर र ६० भन्दा बढी ब्लुलिंक कनेक्टिेड फिचर रहेको छ ।

कम्पनीले एक्सटरको बुकिङ पनि सुरु गरिसकेको छ । यो कार भारतमा जुलाई १० मा ईएस, एस, एसएक्स, एसएक्सओ र एसएक्सओ कनेक्टसहित ५ वटा ट्रिम विकल्पमा लन्च हुनेछ ।

हुन्डाई एक्सटरमा पावरका लागि ४ सिलिन्डरका २ वटा इन्जिनको विकल्प उपलब्ध छ । पहिलो १.२ लिटर एस्पिरेटेड काप्पा पेट्रोल इन्जिन, जसले ८२ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनलाई ५ स्पिड म्यानुअल ट्रान्समिसन र स्मार्ट एएमटी गियरबक्ससँग जोडिएको छ । दोस्रो १.२ लिटरको बाई फ्युल कप्पा पेट्रोल सीएनजी इन्जिन जडान गरिएको छ । सो इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ ।

एक्सटरमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोलजस्ता फिचर समावेश छ । यस बाहेक ३ प्वाइन्ट रियर सिट बेल्ट र सिटबेल्ट रिमाइन्डर, किलेस इन्ट्री, एबीएस, ईबीडी, ईएसएस र रियर पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर समावेश छ ।

सेफ्टीमा बेन्चमार्क सेट गर्न कम्पनीले एक्सटरमा ४० भन्दा बढी एड्भान्स सेफ्टी फिचर प्रदान गरेको छ, जसमा हेडल्याम्प एस्कर्ट फङसन, अटो हेडल्याम्प, चाइल्ड आईएसओफिक्स सिट, रियर डिफोगर र रियर पार्किङ क्यामेरा समावेश छ । यस बाहेक कारमा ड्युअल क्यामेरासहितको ड्यासक्याम, टीपीएमएस र बर्गलर अलार्म फस्ट सेफ्टी फिचर उपलब्ध छ ।

सो एसयूभी मिनी एसयूभी सेग्मेन्टमा भ्वाइस कमाण्डसहितको स्मार्ट इलेक्ट्रिक सनरुफ र ड्युअल क्यामेरासहितको ड्यासक्याम भएको पहिलो कार हुनेछ । ड्यासक्यामसँग २.३१ इन्चको एलसीडी डिस्प्ले उपलब्ध हुनेछ

एक्सटरमा हिन्दी र अंग्रेजी कमाण्डसहित होम टु कार एलेक्सा पनि समावेश छ । एक्सटरको ड्यासबोर्ड ग्रान्ड आई१० नियोस र औरा जस्तै मिल्दोजुल्दो छ । यसमा एन्ड्रोइड अटो, एप्पल कारप्ले र हुन्डाईको ब्लुलिंक जडान भएको कनेक्टेड कार टेक्निकको साथ ८.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि छ । यसलाई १० भन्दा बढी भाषामा कस्टमाइज गर्न सकिन्छ ।

कारको एक्सटेरियरतिर फ्रन्टमा एच आकारको एलईडी डेटाइम रनिङ लाइट जडान गरिएको छ । कम्पनीले कारमा फरक डिजाइनसहितको नयाँ ग्रिल दिएको छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक हुने

नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक हुने

काठमाडौं– नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक...

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

काठमाण्डौ – हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियान अन्तर्गत रातोमाटे डाँडा,...

हुन्डाई गाडी खरिदमा ६ लाखसम्म छुट, बम्पर पुरस्कारमा एसयुभी

हुन्डाई गाडी खरिदमा ६ लाखसम्म छुट, बम्पर पुरस्कारमा एसयुभी

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...