हुन्डाईको नयाँ एसयूभी एक्सटरको रियर लुक सार्वजनिक
हुन्डाईले आधिकारिक रूपमा नयाँ एसयूभी एक्सटर सार्वजनिक गरेको छ । सो एसयूभी...
हुन्डाईले मारुती र टोयोटालाई हाइब्रिड कारमा कडा चुनौती दिने भएको छ । दक्षिण कोरियाली कम्पनी हुन्डाईले हाइब्रिड टेक्नोलोजीले सुसज्जित कार ल्याउने तयारी गर्न थालेको छ ।
रिपोर्टका अनुसार हाइब्रिड कारको मागलाई मध्यनजर गर्दै हुन्डाईले इलेक्ट्रिक कारसँगै हाइब्रिड प्रविधिका कार पनि आफ्नो पोर्टफोलियोमा ल्याउन लागेको हो । यो योजना कम्पनीको इलेक्ट्रिक कारको योजना भन्दा फरक छ ।
हाल बजारमा मारुती र टोयोटाले हाइब्रिड प्रविधि भएका गाडी बिक्री गरिरहेका छन् । दुवै कम्पनीले यो वर्ष पनि आफ्नो पोर्टफोलियोका धेरै कार हाइब्रिड प्रविधिसहित ल्याउने तयारी गरेका छन् ।
मारुती सुजुकीले सन् २०३१ सम्म हाइब्रिड प्रविधिसहितका ७ लाख ५ हजार युनिट कार बिक्री गर्ने लक्ष्य राखेको छ । यस्तो अवस्थामा हुन्डाईले हाइब्रिड प्रविधियुक्त कार ल्याएमा मारुती र टोयोटालाई कडा चुनौती दिनेछ ।
रिपोर्टका अनुसार हुन्डाई मोटरले पहिलो हाइब्रिड कार सन् २०२६ सम्ममा लन्च गर्नेछ । कम्पनीले हाइब्रिड प्रविधिमा बढी ध्यान केन्द्रित गरेको छ र हुन्डाईसँगै कियाले पनि हाइब्रिड स्पोर्ट्स युटिलिटी भेइकल ल्याउने तयारी गरिरहेको छ ।
हुन्डाईले आधिकारिक रूपमा नयाँ एसयूभी एक्सटर सार्वजनिक गरेको छ । सो एसयूभी...
भारतमा केही समय पहिले सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी नेपाली बजारमा...
हुन्डाई मोटर्सले नयाँ एसयूभी मुफासाको कन्सेप्ट केही दिन पहिले सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...