११ लाख भारुमा आयो हुन्डाई भर्ना फेसलिफ्ट, यस्तो छ विशेषता

हुन्डाईले आफ्नो लोकप्रिय सेडान कार भर्नाको फेसलिफ्ट लन्च गरेको छ । सूरुवाती मुल्य १० लाख ९८ हजार ४०० भारुमा लन्च गरिएको सो नयाँ कारमा हुन्डाईले कस्मेटिक रिफ्रेसको साथै नयाँ फिचर समेत थप गरेको छ ।

कारमा पुनः डिजाइन गरिएको बम्पर राखिएको छ, जसमा ठूलो ग्रिलका साथ डुअल एलईडी हेडल्याम्पको ठूलो सेट पाउन सकिन्छ । साथै, अघिल्लो संस्करणको भन्दा केही बाक्लो देखिने पूर्ण–चौडाइको एलईडी लाइट बार छ दिइएको छ ।

नयाँ भर्नाको पछाडी एलईडी लाइट बारद्वारा जोडिएको एल–आकारका टेललाइट दिइएको छ । पछाडिको बम्परमा अब सिल्भर इन्सर्टका साथ एकीकृत डिफ्यूजर इलिमेन्ट उपलब्ध गराइएको छ । साथै यसमा १६ इन्चको डायमंड कट एलोय ह्वील राखिएको छ ।

इन्टेरियरको कुरा गर्नुपर्दा, नयाँ भर्नामा डी–कट स्टेयरिङ ह्वील सहितको ड्राइभर उन्मुख ककपिट, मेमोरी सहितको ८ तरिकाले एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट र ‘वेलकम रिट्रयाक्ट’ फंक्सन जस्ता अत्याधुनिक सुबिधा पाउन सकिन्छ । त्यसैगरी, इलेक्ट्रिक वाक–इन इन्स्ट्रयुमेन्ट सहितको ४ तरिकाले विद्युतीय रुपमा एड्जस्ट गर्न मिल्ने प्यासेन्जर सिट जस्ता सेग्मेन्ट फर्स्ट फिचर दिइएको छ । नयाँ भर्नामा हुन्डाईले ५२८ लिटरको बुट क्षमता भएको ’स्मार्ट ट्रंक’ समेत उपलब्ध गराएको छ ।

अन्य फिचरको कुरा गर्नुपर्दा यसमा १०.२५ इन्चको डुअल स्क्रिन, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, इलेक्ट्रिक सनरुफ, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटर, वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, सेगमेन्ट फर्स्ट ८ स्पिकर बोस साउन्ड सिस्टम र स्विच गर्न मिल्ने इन्फोटेनमेन्ट र अटो क्लाइमेट कन्ट्रोलर जस्ता सुबिधा पाउन सकिन्छ ।

१.५ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको यस कारमा ६ स्पीड म्यानुअल र आईभीटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । साथै, यसको १.५ लिटर टर्बो–पेट्रोल भेरिएन्टमा भने ६स्पीड म्यानुअल र ७ स्पीड डीसीटीको विकल्प पाउन सकिन्छ ।

सुरक्षाको कुरा गर्नुपर्दा यसमा लेभल २ एडास, ७ एयरब्याग र ड्यासक्याम सहित ७५ भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू राखिएका छन् । साथै, हिल स्टार्ट असिस्ट कन्ट्रोल, ईबीडी सहित एबीएस, भीएसएम सहित ईएससी, टीपीएमएस, आईएसओफिक्स र पार्किङ सेन्सरजस्ता सेफ्टि फिचर समेत उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र मन्त्रीहरुको व्यक्तिगत सवारी साधन के छ ? सम्पत्ति विवरणले देखायो यस्तो तथ्य

प्रधानमन्त्री र मन्त्रीहरुको व्यक्तिगत सवारी साधन के छ ? सम्पत्ति विवरणले देखायो यस्तो तथ्य

काठमाडौं – प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक...

कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि

कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि

हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ...

पावर र फिचर्स लोडेड सानो एसयूभी हुन्डाई भेन्यू आइएमटीमा शिवपुरीसम्मको यात्रा

पावर र फिचर्स लोडेड सानो एसयूभी हुन्डाई भेन्यू आइएमटीमा शिवपुरीसम्मको यात्रा

ह्याचब्याक कारबाट अपग्रेड हुन चाहने या कम बजेटमा एसयूभी प्रयोग गर्न चाहने,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...