हुन्डाईको सबैभन्दा सानो इलेक्ट्रिक एसयूभी ‘इन्स्टर’ सार्बजनिक, के छन् विशेषता ?
हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्बजनिक गरेको छ ।...
हुन्डाईले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी भेन्यूलाई एन–लाइन भर्सनमा उतारेको छ । एन६ र एन८ गरी कुल २ ट्रिममा उपलब्ध यो नयाँ भर्सनको मूल्य भारतीय बजारमा क्रमश १२ लाख १६ हजार र १३ लाख १५ हजार भारु निर्धारण गरिएको छ । फेसलिफ्ट मोडलमा आधारित यो एसयूभीलाई १.० लिटर टर्वो पेट्रोल इन्जिनमा मात्र उपलब्ध गराइएको छ ।
स्ट्यान्डर्ड भेन्यूको एस(ओ) र एसएक्स(ओ) भेरियन्टमा कस्मेटिक अपग्रेट गरी तयार पारिएको यो भर्सनमा हुन्डाइले केही मेकानिकल पक्षमा समेत परिवर्तन गरेको छ । यसमा जडान गरिएको १.० लिटर टर्वो पेट्रोल इन्जिनले १२० एचपी पावर र १७२ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । यसमा प्याडल सिफ्टर सहितको ७ स्पिड डिसिटी ट्रान्समिसन दिइएको छ ।
यो नयाँ भर्सनलाई थप स्पोर्टी देखाउन डुअल एक्जस्ट पाइप दिइएको छ । फ्रन्ट ग्रिलमा एन लाइन व्याज थप गरिएको छ भने वम्परको तल्लो भागमा रेड एसेन्ट दिइएको छ । रेड फ्रन्ट क्यालिपर सहित १६ इन्चको नयाँ एलोई ह्विल डिजाइनले यो एसयुभीलाई आकर्षक वनाएको छ । साथै चारवटै चक्कामा डिस्क व्रेक समेत जडान गरिएको छ ।
इन्टेरियरको वेसिक लेआउट स्ट्यान्डर्ड मोडल सरह रहेपनि फरक फिल दिन इन्टेरियरलाई रेड एसेन्ट र एनलाइन लोगो सहित अल व्ल्याक थिममा तयार पारिएको छ । यसको स्टेरिङ ह्विल आई २० एनलाइनमा जस्तै नयाँ थ्रि स्पोक डिजाइनमा आधारित छ ।
फिचर्सको कुरा गर्नपर्दा यो नयाँ भर्सनको एन८ ट्रिममा डुअल क्यामेरा सहितको ड्यास क्याम, ८ इन्चको टचस्क्रिन, कनेक्टेड कार टेक्नोलोजी, एम्वियन्ट लाइटिङ, पावर ड्राइभर सिट, एयर प्यूरिफायर, भ्वाइस कमान्ड र डिजिटल इन्सट्रयुमेन्ट क्लस्टर लगायत उपलब्ध गराइएको छ । सेफ्टि फिचर्समा ६ वटासम्म एयर व्याग, इलेक्ट्रोनिक स्ट्याविलिटी प्रोग्राम, हिल स्टार्ट एसिस्ट र व्रेक एसिस्ट लगायत उपलब्ध छ ।
हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्बजनिक गरेको छ ।...
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी...
२०२३ मा धेरै कारहरु लन्च गरिए । त्यसमध्ये उत्कृष्ट १० कारको सूची सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...