हुन्डाईको मिनी एसयूभी क्यास्पर लन्च हुन अझै एक वर्ष लाग्ने, टाटा पन्च लगायतसंग प्रतिस्पर्धा हुने
हुन्डाइले आफ्नो पहिलो इन्ट्रि लेवल एसयूभी क्यास्परलाई बजारमा ल्याउन अझै...
हुन्डाईले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी भेन्यूलाई एन–लाइन भर्सनमा उतारेको छ । एन६ र एन८ गरी कुल २ ट्रिममा उपलब्ध यो नयाँ भर्सनको मूल्य भारतीय बजारमा क्रमश १२ लाख १६ हजार र १३ लाख १५ हजार भारु निर्धारण गरिएको छ । फेसलिफ्ट मोडलमा आधारित यो एसयूभीलाई १.० लिटर टर्वो पेट्रोल इन्जिनमा मात्र उपलब्ध गराइएको छ ।
स्ट्यान्डर्ड भेन्यूको एस(ओ) र एसएक्स(ओ) भेरियन्टमा कस्मेटिक अपग्रेट गरी तयार पारिएको यो भर्सनमा हुन्डाइले केही मेकानिकल पक्षमा समेत परिवर्तन गरेको छ । यसमा जडान गरिएको १.० लिटर टर्वो पेट्रोल इन्जिनले १२० एचपी पावर र १७२ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । यसमा प्याडल सिफ्टर सहितको ७ स्पिड डिसिटी ट्रान्समिसन दिइएको छ ।
यो नयाँ भर्सनलाई थप स्पोर्टी देखाउन डुअल एक्जस्ट पाइप दिइएको छ । फ्रन्ट ग्रिलमा एन लाइन व्याज थप गरिएको छ भने वम्परको तल्लो भागमा रेड एसेन्ट दिइएको छ । रेड फ्रन्ट क्यालिपर सहित १६ इन्चको नयाँ एलोई ह्विल डिजाइनले यो एसयुभीलाई आकर्षक वनाएको छ । साथै चारवटै चक्कामा डिस्क व्रेक समेत जडान गरिएको छ ।
इन्टेरियरको वेसिक लेआउट स्ट्यान्डर्ड मोडल सरह रहेपनि फरक फिल दिन इन्टेरियरलाई रेड एसेन्ट र एनलाइन लोगो सहित अल व्ल्याक थिममा तयार पारिएको छ । यसको स्टेरिङ ह्विल आई २० एनलाइनमा जस्तै नयाँ थ्रि स्पोक डिजाइनमा आधारित छ ।
फिचर्सको कुरा गर्नपर्दा यो नयाँ भर्सनको एन८ ट्रिममा डुअल क्यामेरा सहितको ड्यास क्याम, ८ इन्चको टचस्क्रिन, कनेक्टेड कार टेक्नोलोजी, एम्वियन्ट लाइटिङ, पावर ड्राइभर सिट, एयर प्यूरिफायर, भ्वाइस कमान्ड र डिजिटल इन्सट्रयुमेन्ट क्लस्टर लगायत उपलब्ध गराइएको छ । सेफ्टि फिचर्समा ६ वटासम्म एयर व्याग, इलेक्ट्रोनिक स्ट्याविलिटी प्रोग्राम, हिल स्टार्ट एसिस्ट र व्रेक एसिस्ट लगायत उपलब्ध छ ।
हुन्डाइले आफ्नो पहिलो इन्ट्रि लेवल एसयूभी क्यास्परलाई बजारमा ल्याउन अझै...
काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५...
काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...