हुन्डाईद्वारा विर्तामोडमा क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना
काठमाडाैं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी...
हुन्डाई मोटर इन्डियाले आफ्नो फेसलिफ्ट हुन्डाई भेन्यु आज भारतमा लन्च गरेको छ । कम्पनीले १.२ लिटर टर्बो भेरिएन्टको मूल्य ७ लाख ५३ हजार भारु तोकिएको छ । त्यसैगरी १.० टर्बो पेट्रोल र १.५ लिटर डिजेलको मूल्य ९ लाख ९९ हजार भारुबाट प्रारम्भ हुन्छ ।
कम्पनीले यसको बुकिङ पहिले देखि नै खुला गरिसकेको छ र यसको कतिपय भेरिएन्टका लागि भने १६ हप्ता सम्म पर्खिनु पर्ने समेत कम्पनीले बताइसकेको छ ।
२०२२ हुन्डाई भेन्युको कस्मेटिक डिजाइन फेसलिफ्टेड हुन्डाई क्रेटा र नयाँ टक्सनसँग मिल्दोजुल्दो छ । यसमा रहेको ग्रिल अब नयाँ इन्सर्टको साथ स्क्वायर आकारको भएको छ र डीआरएल पहिलेको तुलनामा पातलो देखिएको छ ।
नयाँ हुन्डाई भेन्युको प्रोफाइलमा नयाँ अलोय ह्विल पनि जडान गरिएको छ । जबकि नयाँ कनेक्टेड स्प्लिट एलईडी टेल ल्याम्प सेटअप पछाडिको भागमा प्रयोग गरिएको छ । कारको चारैतिर नयाँ डिजाइन गरिएको बम्पर उपलब्ध रहेको छ ।
कारको इन्टेरियर डिजाइनमा खासै परिवर्तन गरिएको छैन । यसको क्याबिनमा कालो÷क्रीम रङ प्रयोग गरिएको छ, जसले यसलाई प्रिमियम बनाएको छ । यसमा किया करेन्सको जस्तै डिजिटलाइज्ड ड्राइभर डिस्प्ले उपलब्ध छ, जबकि ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम अब एलेक्सा र गुगल भ्वाइस असिस्टेन्ट सपोर्ट गर्छ ।
नयाँ हुन्डाई भेन्युको रियरमा रिक्लाइनिङ सिट उपलब्ध छ । यसबाहेक सो एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिंगल प्यान सनरुफ, क्रुज कन्ट्रोल, वायरलेस फोन चार्जर र पुश बटन स्टार्टको साथमा कीलेस इन्ट्री, ६ वटा एयरब्याग, ईबीडीको साथमा एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र आर्यएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता फिचर उपलब्ध छन् ।
नयाँ २०२२ हुन्डाई भेन्युमा हाल विद्यमान हुन्डाई भेन्युका ३ वटै इन्जिनको विकल्प दिइनेछ । यसमा १–लिटर टर्बो–पेट्रोल (१२० बीएचपी), १.५–लिटर डिजेल इन्जिन (१०० बीएचपी) र १.२–लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन (८३ बीएचपी) समावेश छ ।
सो एसयूभीले बजारमा किया सोनेट, टाटा नेक्सन, निसान म्याग्नाइट, महिन्द्रा एक्सयूभी३०० र मारुती भिटारा ब्रेजासँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडाैं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी...
भारतमा केही समय पहिले सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी नेपाली बजारमा...
हुन्डाई मोटर भारतीय व्यावसायिक ट्याक्सी बजारमा प्रवेश गरेको छ। कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...