हुन्डाई भेन्यु : ५ भेरिएन्ट बन्द, अब २ नयाँ भेरिएन्ट

हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी हुन्डाई भेन्युको भेरिएन्टमा ठूलो परिवर्तन गरिएको छ । हुन्डाईले भेन्युको २ वेस भेरिएन्ट सहित ५ भेरिएन्ट बन्द गर्ने घोषणा गरेको छ । यसको साथै कम्पनीको भेन्यु लाइनअपमा २ नयाँ भेरिएन्ट पनि समावेश गरिएको छ ।

हुन्डाईको भेन्यु लाइनअपबाट डिजेल भेरिएन्ट वेस ई १.५ डिजेल एमटी र एस १.५ डिजेल एमटी हटाइएको छ । पेट्रोल भेरिएन्टमा एस १.० पेट्रोल आईएमटी, एस १.० पेट्रोल डिसीटी र एसएक्स ओ १.० पेट्रोल एमटी समावेश रहेको छ । यसको साथै भेन्यु लाइनअपमा २ नयाँ भेरिएन्ट एसओ र एसएक्सओ एक्जिक्युटिभ समावेश गरिएको छ ।

एसओ ट्रिमको ३ इन्जिन गियरबक्स विकल्पको साथमा आईएमटी वा डीसीटी गियरबक्समा १.० लिटर पेट्रोल र एमटी गियरबक्समा १.५ लिटर डिजेल इन्जिन समावेश गरिएको छ । एसओ ट्रिम स्टिल ह्वीलको विकल्पको साथमा पेश गरिएको छ । यसको साथै एसएक्सओ एक्जिक्युटिभ भेरिएन्टमा १.५ लिटर डिजेल इन्जिन साथमा म्यानुअल गियरबक्समा उपलब्ध रहेको छ । हुन्डाईले ब्लुलिंक कनेक्टेड टेक्नोलोजीको साथमा अपडेट गरेको छ ।

नयाँ एसएक्सओ एक्जिक्युटिभ ट्रिममा अलोय ह्वीलको स्थानमा नयाँ स्टिल ह्वील समावेश गरिएको छ । यसमा इलेक्ट्रिक सनरुफ उपलब्ध रहेको छ ।

हुन्डाई भेन्यु भारतमा तीन इन्जिन विकल्पको साथमा प्रस्तुत गरिएको छ । पहिलो १.२ लिटर नेचुरली एस्पिेरेटेड इनलाइन ४ पेट्रोल इन्जिन रहेको छ जसले ८३ पीएस पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ ।

हुन्डाई भेन्यु नयाँ लाइनअपको शुरुवाती मूल्य ६ लाख ९२ हजार भारु देखि ११ लाख ६१ हजार भारु हुने सम्भावना रहेको छ । भेन्यु एसओ टर्बाे आईएमटीको मूल्य ९ लाख ४ हजार भारु र एसओ टर्बाे डीसीटीको मूल्य ९ लाख ९४ हजार भारु रहेको छ । भेन्यु एसओ डिजेलको मूल्य ९ लाख ४५ हजार भारु र एसएक्सओ डिजेल एक्जिक्युटिभको मूल्य १० लाख ९७ हजार भारु तोकिएको छ ।

हाल नेपाली बजारमा पेट्रोल इन्जिनमा ९९८ सीसीयुक्त एसआईएमटी र एसएक्सआईएमटी छ । यसको मूल्य क्रमशः ४४ लाख ९६ हजार र ५० लाख ५६ हजार रुपैयाँ छ भने १२ सय सीसीमा ई, एस र एस प्लस छ । यसको मूल्य क्रमशः ३६ लाख २६ हजार, ३९ लाख ९६ हजार र ४४ लाख ५६ हजार रुपैयाँ छ ।

डिजेल इन्जिनमा १.५ लिटर डिजेल इन्जिनमा एस र एसएक्स भेरिएन्ट मात्र उपलब्ध छ र यसको मूल्य क्रमशः ४४ लाख ५६ हजार र ५० लाख ५६ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

भारत मोबिलिटी एक्सपोमा हुन्डाईको फ्ल्यागशिप ईभी ‘आयोनिक–९’ अवलोकन गर्न पाइने

भारत मोबिलिटी एक्सपोमा हुन्डाईको फ्ल्यागशिप ईभी ‘आयोनिक–९’ अवलोकन गर्न पाइने

हुन्डाईको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी आयोनिक–९ भारतमा जनवरी २०२५ मा...

औपचारिक रुपमा लन्च भयो नयाँ हुन्डाई टुसान, सुरुवाती मूल्य ८९ लाख ९६ हजार

औपचारिक रुपमा लन्च भयो नयाँ हुन्डाई टुसान, सुरुवाती मूल्य ८९ लाख ९६ हजार

काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा हुन्डाईको नयाँ टुसान सार्वजनिक...

३ लाख फरक मूल्यमा हुन्डाईको इलेक्ट्रिक कार कोना र कोना फेसलिफ्ट : यस्ता छन् ८ फरक

३ लाख फरक मूल्यमा हुन्डाईको इलेक्ट्रिक कार कोना र कोना फेसलिफ्ट : यस्ता छन् ८ फरक

नेपाली बजारमा केही समय पहिले हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...