हुन्डाई भेन्यु : ५ भेरिएन्ट बन्द, अब २ नयाँ भेरिएन्ट

हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी हुन्डाई भेन्युको भेरिएन्टमा ठूलो परिवर्तन गरिएको छ । हुन्डाईले भेन्युको २ वेस भेरिएन्ट सहित ५ भेरिएन्ट बन्द गर्ने घोषणा गरेको छ । यसको साथै कम्पनीको भेन्यु लाइनअपमा २ नयाँ भेरिएन्ट पनि समावेश गरिएको छ ।

हुन्डाईको भेन्यु लाइनअपबाट डिजेल भेरिएन्ट वेस ई १.५ डिजेल एमटी र एस १.५ डिजेल एमटी हटाइएको छ । पेट्रोल भेरिएन्टमा एस १.० पेट्रोल आईएमटी, एस १.० पेट्रोल डिसीटी र एसएक्स ओ १.० पेट्रोल एमटी समावेश रहेको छ । यसको साथै भेन्यु लाइनअपमा २ नयाँ भेरिएन्ट एसओ र एसएक्सओ एक्जिक्युटिभ समावेश गरिएको छ ।

एसओ ट्रिमको ३ इन्जिन गियरबक्स विकल्पको साथमा आईएमटी वा डीसीटी गियरबक्समा १.० लिटर पेट्रोल र एमटी गियरबक्समा १.५ लिटर डिजेल इन्जिन समावेश गरिएको छ । एसओ ट्रिम स्टिल ह्वीलको विकल्पको साथमा पेश गरिएको छ । यसको साथै एसएक्सओ एक्जिक्युटिभ भेरिएन्टमा १.५ लिटर डिजेल इन्जिन साथमा म्यानुअल गियरबक्समा उपलब्ध रहेको छ । हुन्डाईले ब्लुलिंक कनेक्टेड टेक्नोलोजीको साथमा अपडेट गरेको छ ।

नयाँ एसएक्सओ एक्जिक्युटिभ ट्रिममा अलोय ह्वीलको स्थानमा नयाँ स्टिल ह्वील समावेश गरिएको छ । यसमा इलेक्ट्रिक सनरुफ उपलब्ध रहेको छ ।

हुन्डाई भेन्यु भारतमा तीन इन्जिन विकल्पको साथमा प्रस्तुत गरिएको छ । पहिलो १.२ लिटर नेचुरली एस्पिेरेटेड इनलाइन ४ पेट्रोल इन्जिन रहेको छ जसले ८३ पीएस पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ ।

हुन्डाई भेन्यु नयाँ लाइनअपको शुरुवाती मूल्य ६ लाख ९२ हजार भारु देखि ११ लाख ६१ हजार भारु हुने सम्भावना रहेको छ । भेन्यु एसओ टर्बाे आईएमटीको मूल्य ९ लाख ४ हजार भारु र एसओ टर्बाे डीसीटीको मूल्य ९ लाख ९४ हजार भारु रहेको छ । भेन्यु एसओ डिजेलको मूल्य ९ लाख ४५ हजार भारु र एसएक्सओ डिजेल एक्जिक्युटिभको मूल्य १० लाख ९७ हजार भारु तोकिएको छ ।

हाल नेपाली बजारमा पेट्रोल इन्जिनमा ९९८ सीसीयुक्त एसआईएमटी र एसएक्सआईएमटी छ । यसको मूल्य क्रमशः ४४ लाख ९६ हजार र ५० लाख ५६ हजार रुपैयाँ छ भने १२ सय सीसीमा ई, एस र एस प्लस छ । यसको मूल्य क्रमशः ३६ लाख २६ हजार, ३९ लाख ९६ हजार र ४४ लाख ५६ हजार रुपैयाँ छ ।

डिजेल इन्जिनमा १.५ लिटर डिजेल इन्जिनमा एस र एसएक्स भेरिएन्ट मात्र उपलब्ध छ र यसको मूल्य क्रमशः ४४ लाख ५६ हजार र ५० लाख ५६ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

पेट्रोल कारमा ४ ब्रान्डको नयाँ स्किम, ईभीमा जस्तै इन्धन बचत र सरल फाइनान्सको सुबिधा

पेट्रोल कारमा ४ ब्रान्डको नयाँ स्किम, ईभीमा जस्तै इन्धन बचत र सरल फाइनान्सको सुबिधा

काठमाडौं– बजारमा अहिले इलेक्ट्रिक कारले एकछत्र बजार लिइरहेको छ । ईभीको...

३.५ वर्षमा आयोनिक५ मा ६ लाख ६० हजार किलोमिटर यात्रा, सोसल मिडियामा भाइरल

३.५ वर्षमा आयोनिक५ मा ६ लाख ६० हजार किलोमिटर यात्रा, सोसल मिडियामा भाइरल

काठमाडौं–विद्युतिय सवारीसाधनको प्रयोग बढ्दै जाँदा यससंग जोडिएर आउने...

आधिकारिक रुपमा सार्वजनिक भयो हुन्डाई एक्सटर, खुल्यो बुकिङ

आधिकारिक रुपमा सार्वजनिक भयो हुन्डाई एक्सटर, खुल्यो बुकिङ

हुन्डाईले आफ्नो माइक्रो एसयूभी एक्सटरलाई आज भारतीय बजारमा सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...