हुन्डाईले सार्वजनिक ग-याे ७०० किमी रेन्ज दिने हाइड्रोजन इलेक्ट्रिक कार नेक्सो

हुन्डाईले सियोल मोबिलिटी शोमा आफ्नो नयाँ हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक भेइकल नेक्सो सार्वजनिक गरेको छ। इनिसियम कन्सेप्टबाट प्रेरित सो गाडी आधुनिक डिजाइनसहित प्रस्तुत गरिएको छ, जुन ब्रान्डको 'आर्ट अफ स्टिल' डिजाइनबाट प्रेरित छ ।

नेक्सो एफसीईभीको फ्रन्टमा एचटीडब्ल्युओ एलईडी हेडल्याम्प छ । सो गाडीमा ब्ल्याक कलर थिम र वर्गाकार झ्याल राखिएको छ। साइड ग्लासलाई विभाजन गर्न बाक्लो सी पिलर जडान गरिएको छ ।

नेक्सोको ड्यासबोर्डमा १२.३ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट सिस्टम समावेश छ । साथै १२ इन्चको हेड अप डिस्प्ले र १४ इन्चको स्पिकर ब्याङ एण्ड ओलुफसेन साउन्ड सिस्टम, डिजिटल रियर भ्यु मिरर, स्लिम टच प्यानल, वायरलेस स्मार्टफोन चार्जर र कलम टाइप सिफ्टर समावेश गरिएको छ ।

गाडीमा २.६४ किलोवाट ब्याट्री प्याक राखिएको छ, जसलाई १४७ एचपी हाइड्रोजन फ्युल सेल स्ट्याकद्वारा रिचार्ज गर्न सकिन्छ । यसको २०१ एचपी इलेक्ट्रिक मोटरले गाडीलाई ० देखि १०० किलोमिटर प्रति घण्टा पुग्न मात्र ७.८ सेकेन्ड मात्र लाग्छ । हाइड्रोजन स्टोर गर्न गाडीमा ६.६९ किलोग्रामको ट्याङ्की छ । यी सबै मिलेर ७०० किलोमिटरभन्दा बढीको रेन्ज दिने बताइएकाे छ ।

हुन्डाई नेक्सो एफसीईभी नवीन प्रविधि र दिगो ऊर्जाको मिश्रण हो, जसले भविष्यका हरित यातायात समाधानतर्फ संकेत गर्छ।

सम्बन्धित समाचारहरू

हुन्डाईका करोड बढी मूल्यका एसयूभी, सबैभन्दा महंगो प्यालिसेडको मूल्य २ करोड २५ लाख ९६ हजार

हुन्डाईका करोड बढी मूल्यका एसयूभी, सबैभन्दा महंगो प्यालिसेडको मूल्य २ करोड २५ लाख ९६ हजार

हुन्डाई नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येको एक ब्रान्ड हो ।...

ग्रान्ड आई१० नियोस अव कर्पोरेट एडिसनमा पनि, यस्तो छ विशेषता

ग्रान्ड आई१० नियोस अव कर्पोरेट एडिसनमा पनि, यस्तो छ विशेषता

कोरियन अटो निर्माता हुन्डाई मोटर्सले आज आफ्नो लोकप्रिय ह्याचव्याक कार...

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

लन्च भएको २ महिनामै ७५ हजार बढी क्रेटा फेसलिफ्ट बुकिङ

हुन्डाईले हालसालै लन्च गरेको क्रेटा फेसलिफ्टमा भारतीय ग्राहकले अत्याधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...