न्यूयोर्क अटो शोमा हुन्डाईले देखायो नयाँ अफ रोड कन्सेप्ट ‘बोल्डर’

हुन्डाईले न्यूयोर्क अटो शोमा आफ्नो नयाँ अफ -रोड कन्सेप्ट गाडी बोल्डर पेश गरेको छ । सो एसयूभी विशेष गरी कठिन भू-भाग र पहाडी क्षेत्र लागि डिजाइन गरिएको हो ।

हुन्डाई बोल्डरको डिजाइन निकै बलियो र आकर्षक देखिन्छ। यसको बक्सी आकारको डिजाइन र लिक्विड टाइटेनियम फिनिशले यसलाई प्रिमियम र मजबुत लुक दिएको छ । गाडीमा ३७ इन्चका ठूला टायरहरू जडान गरिएको छ । पछाडि स्पेयर टायर पनि राखिएको छ, जसले लामो अफ-रोड यात्रामा थप सुविधा दिन्छ।

सो गाडीको ग्राउन्ड क्लियरेन्स उच्च राखिएको छ, जसले गर्दा असमान सडक वा ढुङ्गामा गाडीको तल्लो भाग ठोक्किने जोखिम कम हुन्छ । बोल्डरलाई पानीयुक्त क्षेत्र पार गर्न सक्ने गरी डिजाइन गरिएको छ, जसका कारण यो गहिरो नदी वा बाढीग्रस्त सडकमा पनि सहज रूपमा चलाउन सकिन्छ । साथै, आपतकालीन अवस्थाका लागि टो हुक पनि उपलब्ध गराइएको छ।

गाडीको ढोकाको डिजाइन पनि फरक प्रकारको छ । पछाडिका ढोकाहरू अगाडिको विपरीत दिशामा खुल्ने भएकाले भित्र पस्न र बाहिर निस्कन सजिलो हुन्छ। पछाडिको झ्याल बटन थिच्ने बित्तिकै पूर्ण रूपमा तल झर्ने सुविधा दिइएको छ । रातको समयमा अँध्यारो क्षेत्रमा यात्रा गर्दा सहजता दिन छतमा लामो लाइट बार जडान गरिएको छ। साथै, छतमा सामान राख्नका लागि विशेष र्‍याक पनि उपलब्ध छ।

गाडीको इन्टेरियर निकै सरल बनाइएको छ । यसमा टचस्क्रिनको सट्टा भौतिक बटन र नबहरू राखिएको छ । यसमा फोल्ड हुने टेबल र बलिया ह्यान्डल पनि छ । माथिल्लो झ्यालहरू सफारी शैलीमा खुल्ने भएकाले बाहिरी दृश्य सजिलै अवलोकन गर्न सकिन्छ।

सम्बन्धित समाचारहरू

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

कोरोनाको दोस्रो लहर सकिए लगत्तै भारतीय बजारमा जुलाई महिनामा गाडीको मागमा...

आयो हुन्डाईसँग नयाँ वर्ष २०८० अफर : ५ लाख नगद छुट, ८ लाख सम्म फाइदा

आयो हुन्डाईसँग नयाँ वर्ष २०८० अफर : ५ लाख नगद छुट, ८ लाख सम्म फाइदा

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

हुन्डाईको आधुनिक शोरूम वीरगन्जमा, ग्राहक सेवा थप सुलभ भएको दाबी

हुन्डाईको आधुनिक शोरूम वीरगन्जमा, ग्राहक सेवा थप सुलभ भएको दाबी

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...