हुन्डाई मोटर्सका टेक्निकल प्रमुख भन्छन्–अब कसैलाई पनि म्यानुअल गियरबक्स चाहिदैन
अटोमोबाईल क्षेत्रमा भइरहेको नयाँ प्रबिधिको विकासले कुनै समय सर्बाधिक...
हुन्डाई मोटर कम्पनीले आफ्नो आगामी नयाँ इलेक्ट्रिक गाडी आयाेनिक ६ एनको पहिलो झलक दिएको छ। टिजरमा यसको उत्कृष्ट स्टाइलिङ र मोटरस्पोर्ट-प्रेरित डिजाइनलाई उजागर गरेको छ । कम्पनीले जुलाईमा गुडवुड फेस्टभल अफ स्पिडमा आयोनिक ६ एनको विश्वव्यापी डेब्यु गर्ने घोषणा गरेको छ।
आयाेनिक ६ सेडान एन ब्याज्ड भेरिएन्टको अपग्रेड संस्करण हो । टिजरमा यसको फराकिलाे फेन्डर, आकर्षक रियर विङ र एकीकृत डकटेल स्पोइलर देखाइएको छ । कम्पनीले यसमा आयोनिक ५ एनको ड्युअल मोटर, अल ह्विल ड्राइभ पावरट्रेन प्रयोग गर्ने अपेक्षा गरिएको छ।
यसको डिजाइनले हुन्डाईको फ्युचरिस्टिक लुकलाई निरन्तरता दिएको छ, जसमा पिक्सेल-थीम्ड लाइटिङ, स्कल्प्टेड बडी प्यानल र विस्तारित ह्विल आर्चका साथै उच्च प्रदर्शन रबर जस्ता विशेष 'एन' टच समावेश छ । सो सेडान कारमा ड्रिफ्ट-एबिलिटी पनि हुनेछ ।
कम्पनीले आयोनिक ६ एनलाई बीएमडब्ल्यू आई४ एम५० र टेस्ला मोडल ३ परफर्मेन्स जस्ता गाडीको प्रतिस्पर्धी मूल्यमा लन्च गर्न सक्ने अनुमान गरिएको छ । यसमा मूल्य १ कराेड रुपैयाँ भन्दा बढी नै हुने अनुमान छ ।
अटोमोबाईल क्षेत्रमा भइरहेको नयाँ प्रबिधिको विकासले कुनै समय सर्बाधिक...
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...