नाइट एडिसनमा आयो हुन्डाई क्रेटा, मूल्य ६४ लाख ९६ हजार

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटाको नाइट एडिसन उपलब्ध गराएको छ । एस प्लस भेरिएन्टको सो गाडीको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा उपलब्ध हुन्डाई क्रेटाको यो नयाँ भेरिएन्ट हो । यो एस र एसएक्स भेरिएन्ट बीचको लाइनअपमा रहने छ ।

हुन्डाई क्रेटा नाइट एडिसनको धेरै भागमा रेड इन्सर्ट सहितको ब्ल्याक फिनिस उपलब्ध छ । यसको अघिल्लो भागमा रेड इन्सर्ट सहितको पियानो ब्ल्याक रेडिएटर ग्रिल रहेको छ । गाडीलाई स्पोर्टी देखाउनका लागि रेड क्यालिपर सहितको ब्ल्याक फिनिस अलोय ह्विल दिइएको छ ।

गाडीको इन्टेरियर पनि रेड इन्सर्ट सहितको फुल ब्ल्याक कलरमा उपलब्ध छ । त्यसैगरी एलईडी हेडल्याम्प र टेलल्याम्प रहेको छ ।

फ्रन्ट तथा साइड कर्टेन एयरब्याग, रियर डिस्क ब्रेक, स्मार्ट पानोरामिक सनरुफ, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायतका विभिन्न सेफ्टी फिचर समेत यसमा उपलब्ध छन् ।

यससँगै नेपाली बजारमा हुन्डाई क्रेटा पेट्रोलको ८ भेरिएन्ट र डिजेलमा ३ भेरिएन्ट उपलब्ध हुने भएका छन् ।

सम्बन्धित समाचारहरू

नेपाल आउने प्रतिक्षामा १० व्रान्डका १२ नयाँ कार

नेपाल आउने प्रतिक्षामा १० व्रान्डका १२ नयाँ कार

भारतीय बजारमा केही समययता लन्च भएका एकदर्जन कार नेपाल आउने प्रतिक्षमा छन्...

लन्च हुनु पहिले होन्डा एलिभेटका विभिन्न भेरिएन्टको फिचर सार्वजनिक

लन्च हुनु पहिले होन्डा एलिभेटका विभिन्न भेरिएन्टको फिचर सार्वजनिक

होन्डाले आफ्नो नयाँ एलिभेट एसयूभी ४ सेप्टेम्बर अर्थात सोमबार लन्च गर्दैछ...

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ विजेता घोषणा, गुरागाईले जिते हुन्डाई एक्सटर

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ विजेता घोषणा, गुरागाईले जिते हुन्डाई एक्सटर

काठमाडौं – ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेता घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...