हुन्डाई मोटरको ५७ वर्ष यात्रा पुरा, नेपालमा ४५ हजार सन्तुष्ट ग्राहक
काठमाडौं-हुन्डाई मोटर कम्पनीले आज ५७ वर्षको यात्रा पूरा गरेको छ । नवीनता,...
अटोमोबाईल क्षेत्रमा भइरहेको नयाँ प्रबिधिको विकासले कुनै समय सर्बाधिक प्रयोग हुने म्यानुअल गियरवक्सको अस्तित्व नै संकटमा पारेको छ । न्यू इनर्जी भेइकलको उदय र आईसिई गाडीमा पनि अटोमेटिक गियरवक्सको बढ्दो प्रयोगले म्यानुअल गियरवक्स जडान गरिएका कार उत्पादन नै नहुने अवस्थामा पुगिसकेका छन् ।
प्रबिधीमा आएको यस परिवर्ततका बारेमा हुन्डाई मोटर्सका युरोप टेक्निकल प्रमुख टायोन जोनसनले स्टिक सिफ्ट गियरबक्सका दिनहरू लगभग सकिएको बताएका छन् ।
एक मिडिया अन्तर्वार्ताको क्रममा उनले अब कसैलाई पनि म्यानुअल गियरबक्स नचाहिने घोषणा गरे । बढ्दो ईभीको प्रयोगसंगै ग्राहकहरु अब म्यानुअल ह्यान्डब्रेक वा एनालग डायलमा फर्कन नचाहने उनको भनाई छ ।
‘आन्तरिक दहन इन्जिन(आइसिई) कार अव विस्तारै लोप हुने चरणमा छ । त्यसैले यसको मृत्यूमा कसैले पनि शोक मनाउनु पर्दैन’ उनले भने, ‘म बुझ्न सक्छु कि केही मानिसहरू अझै पनि ध्वनि र कम्पन जस्ता चीजहरू चाहन्छन् । ती संवेदी इनपुटहरूले मानव मस्तिष्कलाई कारमा के भइरहेको छ भनेर बुझ्न मद्दत गर्छन् । त्यसैले कतिपय ईभीमा कृत्रिम ध्वनिहरू समेत राखिएको हुन्छ ।’
जोनसन ती ब्यक्ति हुन् जसले फोर्ड र जगुआरका पर्फमेन्स कारमा काम गरिसकेका छन् । आँफू पर्फमेन्स कारको पारखी भएपनि भविष्यमा ती सेग्मेन्टमा समेत ईभीकै वर्चश्व रहने उनले जिकिर गरे ।
काठमाडौं-हुन्डाई मोटर कम्पनीले आज ५७ वर्षको यात्रा पूरा गरेको छ । नवीनता,...
हुन्डाईले छिट्टै एउटा सानो नयाँ एसयूभी एक्सटर ल्याउने भएको छ । कम्पनीले...
हुन्डाइले कोरियामा आफ्नो पहिलो इभी डेडिकेटेड फ्याक्ट्री खोल्ने जनाएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...