कोरियामा पहिलो इभी डेडिकेटेड फ्याक्ट्री खोल्दै हुन्डाई

हुन्डाइले कोरियामा आफ्नो पहिलो इभी डेडिकेटेड फ्याक्ट्री खोल्ने जनाएको छ । विगत केही वर्षयता इलेक्ट्रिक कारको उत्पादन गर्दै आइरहेको हुन्डाइले कोना र आयोनिक ५ लाई हाल संचालनमा आइरहेको इभी सुविधासहितको विभिन्न प्लान्टबाट उत्पादन गर्दै आइरहेको थियो । साथै उसले अवको केही समयपछि अयोनिक ६ समेत लन्च गर्ने तयारी गरिरहेको छ ।

यो नयाँ प्लान्ट अवको ३ वर्षपछि संचालनमा आउने कम्पनीको भनाई छ । जसका लागी उसले ४८ अर्व डलर लागनी गर्नेछ । यो हुन्डाइको दोस्रो इभी डेडिकेटेड प्लान्ट हुनेछ । उसले अहिले अमेरिकाको जर्जियामा पनि इभी डेडिकेटेड फ्याक्ट्री निर्माण गरिरहेको छ । ५ अर्व डलर लगानी गरेर निर्माण गरिरहेको यो प्लान्टबाट उसले व्याट्री समेत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

जसको निर्माण अर्को वर्ष सम्पन्न हुने भएपनि यो प्लान्टबाट इभीको उत्पादन भने कोरियन प्लान्टसंगै गर्ने बताइएको छ ।
इलेक्ट्रिक भेइकलको खोज एवं अनुसन्धान तथा निर्माणमा आक्रमक वनिरहेको हुन्डाइले सन् २०३० देखी हरेक वर्ष ३० लाख भन्दा बढी इभी बिक्री गर्ने लक्ष्य लिएको छ । जसका लागी उसले ठूलो धनराशी खर्च गर्ने उद्घोष समेत गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न हुन्डाईले नयाँ कार लन्च गर्ने

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न हुन्डाईले नयाँ कार लन्च गर्ने

हुन्डाईले यो वर्ष माइक्रो एसयूभी क्यास्पर लन्च गर्ने तयारी गरिरहेको छ ।...

जेनेसिसले २०३० सम्ममा ७ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, हुन्डाई आयोनिक ६ आउने

जेनेसिसले २०३० सम्ममा ७ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, हुन्डाई आयोनिक ६ आउने

हुन्डाई मोटर्सको स्वामित्वमा रहेको कार ब्रान्ड जेनेसिसले आक्रामक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...