बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हुन्डाईले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्युको नयाँ जेनेरेसन लन्च गर्ने तयारी गरेको छ । आगामी अक्टोबारमा लन्च हुने अपेक्षा गरिएको नयाँ भेन्युलाई कम्पनीले अहिले बिभिन्न चरणमा सडक परिक्षण गरिरहेको छ । सोही क्रममा यसको केही फिचरहरु बाहिरिएका छन् ।
नेक्स्ट जेनेरेसन हुन्डाई भेन्युको इन्टेरियर हालै बाहिर आएको छ । कम्प्याक्ट एसयूभीको बाहिरी भाग पुनः डिजाइन गरिने बताइएको भएपनि भित्री भागमा के–कस्ता परिवर्तनहरु हुनेछन् भन्ने विषयमा कम्पनी मौन रहँदै आएको थियो । तर, हुन्डाईले हालै यसको इन्टेरियरलाई सार्बजनिक गरेर नयाँ भेन्युमा व्यापक परिमार्जन गर्न खोजेको पुष्टि गरेको हो ।
अपडेट गरिएको भेन्युमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको फ्री–स्ट्यान्डिङ र घुमाउरो डिस्प्ले भएको पूर्ण रूपमा नयाँ ड्यासबोर्ड हुनेछ । जुन क्रेटाको जस्तै देखिनेछ ।
भेन्युमा नयाँ मल्टि–फंक्शन स्टेयरिङ ह्वील, रिडिजाइन गरिएको डोर प्याड, नयाँ एसी भेन्ट र सबवुफर पनि हुने अपेक्षा गरिएको छ, जसले अपग्रेड गरिएको ध्वनि प्रणालीलाई संकेत गर्दछ । साथै यसमा, भेन्टिलेटेड फ्रन्ट सिटहरू, ३६०–डिग्री क्यामेरा र अपडेट गरिएको एडास सुइट समावेश हुनेछ
इन्जिन र अन्य मेकानिकल पक्षमा भने कुनै परिवर्तन नगरिने कम्पनीको भनाई छ । जसअनुसार, नयाँ भेन्युमा हालको मोडलको जस्तै १.०–लिटर टर्बो–पेट्रोल, १.२–लिटर नेचुरल्लि एस्पिरिटेड पेट्रोल र १.५–लिटर डिजेल इन्जिन समावेश हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...