अटोमोबाइलमा अग्रणी लक्ष्मी ग्रुपले पुरा ग-यो ५० वर्ष, थप व्यवसाय विस्तार गर्ने योजना
प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले ५० वर्ष पुरा गरेको छ ।...
काठमाडौं– नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक हुने भएको छ । कम्पनीले सञ्चारकर्मीहरुलाई यसको टेस्ट ड्राइभ र अनुभव गराउने भएको छ ।
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपले नवलपरासीको रामग्राममा अत्याधुनिक प्लान्ट स्थापना गरी स्वदेशमै गाडी एसेम्वल सुरु गरेको हो । लक्ष्मी मोटर कर्पोरेसनको नाममा गाडी एसेम्वल गर्ने गरी ग्रुपले २०७६ सालमै उद्योग दर्ता गरेको थियो । उद्योगले बार्षिक ८ हजार गाडी एसेम्वल गर्ने लक्ष्य राखेको छ ।
सव फोर मिटर एसयुभीमा निकै राम्रो बजार लिएको भेन्युलाई स्वदेशमै एसेम्वल गर्न कम्पनीले विगत केही समययता तयारी गर्दै आएको थियो । नेपालमै एसेम्वल भएको भेन्युलाई कम्पनीले नेपालको विभिन्न भुगोलमा परिक्षण समेत गरिसकेको छ । उक्त परिक्षण पार गरिसकेपछि बिक्रीका लागी औपचारिक लन्च गर्न लागिएको हो ।
नेपाली बजारमा भेन्यु १.० लिटर टर्वो पेट्रोल र १.२ लिटर नेचुरल्लि एस्पिरेटेड इन्जिनमा उपलब्ध रहँदै आएको छ । जसमध्ये टर्बो पेट्रोलमा एउटा र नचुरल्लि एस्पिरेटेड इन्जिनमा ४ वटा भेरिएन्ट उपलब्ध छ । सम्भवतः यी सबै भेरिएन्ट नेपालमै एसेम्वल हुनेछन् । यो एसयूभीको मूल्य नेपाली बजारमा ४१ लाख ९६ हजारदेखी ५८ लाख ९६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
स्वेदशमै एसेम्वल भएपछि भेन्युको मूल्य केही सस्तो पर्ने अनुमान गरिएको छ । एसेम्वल किटको आयत गर्दा सरकारले भन्सारमा २५ प्रतिशत र अन्तशुल्कमा ५० प्रतिशत छुटको साथै आयकर लगायत छुट र अन्य सुबिधा दिँदै आएको छ ।
प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले ५० वर्ष पुरा गरेको छ ।...
भारतीय स्वमित्वमा सञ्चालन हुँदै आइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजको...
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...