भारतमा हुन्डाईले आईपीओ जारी गर्ने, आईपीओको कारण हुन्डाई कारको बिक्रीमा बढोत्तरी

दक्षिण कोरियाको अटो कम्पनी हुन्डाई यति बेला चर्चामा छ । चर्चामा आउनुको कारण कम्पनीको कुनै गाडी नभई उसको आईपीओ हो । केही दिन अघि कम्पनीले आईपीओ निकाल्ने खबर आएको थियो । अब आईपीओले भारतमा कम्पनीको बिक्री आंकडामा पनि असर गरिरहेको छ । कम्पनीले बिक्रीको हिसाबले नयाँ कोसे ढुङ्गा हासिल गरेको छ । यस पटक कम्पनीले अघिल्लो पटकभन्दा धेरै सवारीसाधन बिक्री गरेको छ । 

हुन्डाई मोटरले यो वर्षको पहिलो ६ महिनामा भारतमा आफ्नो बिक्री रेकर्ड छोएको छ । रिपोर्टका अनुसार हुन्डाईले यस वर्षको जनवरीदेखि जुनसम्म भारतमा २ लाख ७२ हजार २०७ युनिट कार बिक्री गरेको छ, जुन २०२३ को सोही अवधिमा बिक्री गरेको युनिटको तुलनामा २ प्रतिशतले बढी हो । कम्पनीले पहिलो पटक भारतमा सबैभन्दा बढी बिक्रीको आँकडा पार गरेको हो ।

हुन्डाईले विगत केही वर्ष यता भारतमा आफ्नो कार बिक्रीमा लगातार गिरावट देखाएको छ, सन् २०२१ मा १७ प्रतिशत र सन् २०२३ सम्म १४.१ प्रतिशत घटेको थियो । तर, कम्पनीले आईपीओ ल्याउने कुरा गरेसँगै यसको असर बिक्रीमा पनि देखिएको छ ।

गत महिना कम्पनीले भारतमा आईपीओको लागि आवेदन दिएको घोषणा गरेको थियो । विज्ञहरू कम्पनीको यो कदमले आफ्नो बिक्रीलाई टिकाउन सक्छ कि भनेर उत्साहित छन्। कम्पनीले भारतमा ठुलो मात्रामा गाडी उत्पादन गर्छ । गत वर्ष हुन्डाईले भारतमा कुल ७ लाख ६५ हजार गाडी उत्पादन गरेको थियो ।

सम्बन्धित समाचारहरू

अब शाहरुख खान होइन, हार्दिक पाण्ड्या हुन्डाईको नयाँ ब्रान्ड एम्बेसडर

अब शाहरुख खान होइन, हार्दिक पाण्ड्या हुन्डाईको नयाँ ब्रान्ड एम्बेसडर

हुन्डाई भारतमा आएदेखि नै बलिउड कलाकार शाहरुख खान हुन्डाई कारको ब्रान्ड...

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

काठमाण्डौ – हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियान अन्तर्गत रातोमाटे डाँडा,...

हुन्डाईको ‘टेष्ट ड्राइभ एण्ड विन क्याम्पेन’ आजदेखी शुरु, यस्ता छन् सुविधा

हुन्डाईको ‘टेष्ट ड्राइभ एण्ड विन क्याम्पेन’ आजदेखी शुरु, यस्ता छन् सुविधा

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...